प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज बस्दै
काठमाडाैं | चैत २७, २०७९
काठमाडौं: संघीय संसद अन्तर्गत दुबै सदनको बैठक आज बस्दै छ।
संसद सचिवालयका अनुसार राष्ट्रिय सभाको बैठक र प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ।
राष्ट्रिय सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/२०७९ र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बत्तिसौं प्रतिवेदन, २०७८÷०७९ पेस गर्ने कार्यसूची रहेको छ।
त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।
प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८÷०७९ पेस गर्ने कार्यसूची छ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ मापत विचार गरियोस्,’ भनी प्रस्ताव पेस गर्ने कार्यसूची छ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

