ट्रम्पले आगामी अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने
काठमाडाैं | चैत २७, २०७८
वासिङ्टन
अमेरिका, चैत २७ गते । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले फेरि राष्ट्रपतिको उम्मेदवारी दिनसक्ने बताउनुभएको छ । यद्यपि यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा भने भइसकेको छैन । “सत्य यो हो कि म दुई पटक राष्ट्रपतिको दौडमा भाग लिएँ, मैले दुई पटक जितें, मैले पहिलो पटकभन्दा दोस्रो पटक धेरै राम्रो गरें। र अब हामीले यो फेरि दौडमा भाग लिनुपर्ने हुनसक्छ।
के यहाँ कोही छ जसले मलाई निर्वाचनमा भाग लिएको हेर्न चाहन्छरु“ सेल्मा, उत्तरी क्यारोलिनामा शनिबारको ¥यालीमा ट्रम्पले आफ्ना समर्थकहरूलाई प्रतिप्रश्न गर्नुभयो । ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई “एकपछि अर्को अपमानजनक आत्मसमर्पण“ गरेको आरोप लगाउनुभएको छ । ट्रम्पले अमेरिकासँग सबैभन्दा बलियो आणविक क्षमता भएको पनि औंल्याउनुभयो ।
मार्चको अन्त्यमा ट्रम्पले फक्स बिजनेशलाई भन्नुभएको थियो उहाँ अहिले पनि राष्ट्रपति भइरहेको भए रुसलाई आणविक पनडुब्बीको धम्की दिनुहुने थियो। यस महिनाको शुरुमा द हिलले रिपोर्ट गरेको पोल डाटाले ट्रम्प सन् २०२४ को काल्पनिक राष्ट्रपति अभियान म्याचअपमा राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस दुबैभन्दा अगाडि भएको देखाएको थियो । –रासस–एएनआई–स्पुतनिक
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

