लायन्स क्लब अफ पोखरा मुनालमा बराल र मर्दिमा अधिकारी अध्यक्षमा निर्वाचित
पाेखरा | चैत २४, २०७९

पोखरा: वर्ष २०२३/२४ का लागि लायन्स क्लब अफ पोखरा मुनालको अध्यक्षमा केशब बराल र लायन्स क्लब अफ मर्दिको अध्यक्षमा मनोज कुमार अधिकारी निर्वाचित भएका छन् ।
लायन्स क्लब इन्टरनेशनल डिष्टिक ३२५ एल अन्तर्गत वर्ष २०२३/२४ का लागि लायन्स क्लब अफ मर्दिका निवर्तमान अध्यक्ष मनोजकुमार अधिकारी अध्यक्षमा पुनः निर्वाचित भएका हुन् ।
क्लबको प्रथम उपाध्यक्षमा श्याम प्रसाद भुसाल, द्धितिय उपाध्यक्षमा सुमन पौडेल, तृतिय उपाध्क्षमा विष्णु बहादुर बरुवाल, सचिबमा प्रतापराज पौडेल, कोषाध्यक्षमा विष्णु प्रसाद अधिकारी चयन भए ।
मुनाल क्लबको प्रथम उपाध्यक्षमा निर्मल पहारी, द्धितिय उपाध्यक्षमा बाबुराम क्षेत्री, सचिबमा हेमराज अधिकारी र कोषाध्यक्षमा सुनिल खाड चयन भए ।
डिष्टिक ३२५ एलका कार्यक्रम व्यवस्थापक प्रमुख तेज नारायण पराजुली, टिम लिडर राज अधिकारी, जोन चियर पर्सन जोन ८ का चन्द्रबहादुर कुँबर, मुनालका संस्थापक अध्यक्ष सरोज श्रेष्ठ, मुनालका अध्यक्ष रामेश्वर बराल लगायतले दुबै क्लबको निर्वाचन सम्पन्न गर्दै शुभकामना दिए ।
कार्यक्रममा मुनालका अध्यक्ष केशब बराल र मर्दिका अध्यक्ष मनोजकुमार अधिकारीले भावि कार्यक्रम बारे जानकारी दिदै क्लबलाई उत्कृष्ट बनाउन लागि रहने बताए ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...