८ अंकले घटेर बन्द भयो नेप्से परिसूचक
काठमाडाैं | चैत २३, २०७९
काठमाडौं : साताको अन्तिम कारोबार दिन सेयर बजार ८ अंक बढिले घटेर बन्द भएको छ। नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.९२ अंकले घटेर ३५३.०३ विन्दुमा पुगेको छ।
अघिल्लो कारोबार दिन बुधबार नेप्से परिसूचक ८.३९ अंकले बढेको थियो। सो दिन ८१ करोड ६० लाख ४६ हजार ७९० रुपैयाँको सेयर कारोबार भएको थियो।
यसदिन बुधबारको तुलनामा कारोबार रकम भने बढेको छ। आज २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर ९२ करोड ६ लाख ८६ हजार ९४ रुपैयाँमा खरिदबिक्री भयो।
दुईवटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। कालिञ्चोक दर्शनको ९.९८ र सिटिजन्स म्युचुअल फन्डको ९.९४ प्रतिशतले बढ्यो।
स्यामलिङ पावर कम्पनीको ७.४३ प्रतिशतले सेयर मूल्य घटेको हो। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीषस्थानमा रह्यो। सो कम्पनीको ४ करोड ९२ लाख ६७९ रुपैयाँको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ उपसमूहमध्ये १० को घट्यो भने ३ को मात्रै बढ्यो। बैंकिङ उपसमूह,ननलाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक ० प्रतिशत बढिले बढेको हो।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

