रवि लामिछाने विरूद्धका तीन उजुरी खारेज, एउटामा सोधियो सात दिने स्पष्टीकरण

काठमाडाैं | चैत २२, २०७९

रवि लामिछाने विरूद्धका तीन उजुरी खारेज, एउटामा सोधियो सात दिने स्पष्टीकरण

काठमाडौं :  वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन-२ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ।

 

उनीविरूद्ध परेका तीन वटा उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ।

 

‘उहाँविरूद्ध परेका तीन वटा उजुरीमा दाबी नपुग्ने भएकाले खारेज भएका छन् भने अर्को एउटामा सात दिने स्पष्टीकरण सोधिएको छ,’ जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले सेतोपाटीसँग भने,‘उहाँको उम्मेदवारी कायम भएको छ। अब स्पष्टीकरणबारे निर्वाचन आयोगको केन्द्रीय कार्यालयले निर्णय गर्नेछ।’

 

लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाई पुन: नागरिकता प्राप्ति गरेको भन्दै युवराज पौडेलले उजुरी दिएका थिए। उक्त उजुरीबारे लामिछानेसँग सात दिने स्पष्टीकरण सोधिएको हो।

 

चैत २० गते उम्मेदवारी दर्ता दिएका २४ जनाकै उम्मेदवारी सदर भएको कार्कीले जानकारी दिए।

 

कार्यालयले बिहीबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको छ। कार्यालयले भोलि नै उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्ने र चुनाव चिन्ह वितरण गर्ने जनाएको छ।

म्याग्दी:  जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र बसाइँसराइ गरेर जाने गरेका छन् । स्थानीय तहका पञ्जीकरण शाखाको अभिलेखअनुसार जिल्लाभरका पालिकामा बसाइँसराइ गरेर आउने परिवारको सङ्ख्या भने वार्...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मङ्सिरमा हुने भएको छ । प्रतियोगिता आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुने नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज जारी प्रेस ...

थप पढ्नुहोस्

पोखरा:  रोजगारीको शिलसिलामा कोरियामा रहेका नेपालीले पोखराका दुई विद्यालयलाई सहयोग गरेका छन्। कोरियामा रोजगारीसँगै त्यहाँका सरकारी निकायमा कार्यरत व्यक्तिसँग समन्वय गरी संकलन गरेको रकमबाट पोखरा १...

थप पढ्नुहोस्