देशमा सिण्डिकेट र माफियातन्त्रको अन्त्य गर्न रास्वपा रोजेँ : रमेश खरेल
काठमाडाैं | चैत १८, २०७९
काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी बारा क्षेत्र नम्बर २ का उम्मेदवार रमेश खरेलले देशमा सिण्डिकेट र माफियातन्त्रको अन्त्य गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोजेको बताएका छन्।
रास्वपाले आयोजना गरेको पत्रकार सम्मेलनमा खरेलले देशमा सिण्डिकेट र माफियातन्त्र बढ्दै गएकाले यसको अन्त्यका लागि आफूले रास्वपा रोजेको बताए।
खरेलले भने, ‘सुशासन कायम गर्न सामान्य दाजु भाई बहिनीलाई हौसला प्रदान गर्नुपर्ने छ। नेपाल आमालाई माया गर्ने मानिसहरू एक ठाउँमा उभिन आवश्यक छ।’
उनले माफियातन्त्रको अन्त्य गरी कानुनी राज्य स्थापना अहिलेको आवश्यकता रहेको बताएका छन्। राष्ट्रमा भएको सिण्डिकेट तोड्न जरुरी रहेको उनको भनाइ छ। खरेलले भने, ‘नेपाल आमालाई जोगाउन आवश्यक छ। सिण्डिकेट, माफीयातन्त्रको अन्त्यमा लडौं। यो देशलाई विदेशीको क्रिडास्थल नबनाऔं।’
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

