त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले अब उडानसम्बन्धी यथार्थ जानकारी पाउने
काठमाडाैं | चैत १७, २०७९

काठमाडौं : विमानस्थलमा यात्रुलाई यथार्थ सूचना दिन र उडानमा ढिलाई नगर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले अनुरोध गरेको छ।
विमानस्थलमा यात्रुले उडानबारे यथार्थ सूचना नदिने र विभिन्न कारणमा उडानमा ढिलाई हुने गरेको भन्दै कार्यालयले उक्त निर्देशन दिएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको निर्देशनपछि कार्यालयले विमानस्थल सुधारको काम थालेको हो।
कोभिड पछिको अवस्थामा सम्भव भएसम्म उडानमा स्न्याक्स को प्रबन्ध पुनः सुरु गर्न पनि वायुसेवा सञ्चालकलाई अनुरोध गरिएको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
यसैगरी विमानस्थलबाटै ब्यागेज तोडफोड, चोरीका गुनासो आउन नदिन सुपरभाइजरको कार्य प्रभावकारी बनाउन, समयमा उपकरण मर्मत गर्न, ब्यागेज ह्याण्डलिङ तालिम दिन, सामान लोडिङ, अफ लोडिङ समयमा हाइ रिजोलुशन गोप्रो क्यामेराको व्यवस्था गर्ने निर्णय गरेको छ।
यसैगरी खल्ती रहित पोशाकको व्यवस्था लागु गरी थप प्रभावकारी र गुनासो रहित सेवाका लागि निगमले प्रबन्ध मिलाउने निर्णय भएको कार्यालयले जनाएको छ। आगमन क्षेत्रमा ट्राभलेटरमा यात्रु जान मिल्ने तर ट्रली साथमा भएमा लिफ्टबाट मात्र लैजाने गरी व्यवस्था मिलाइएको छ।
विमानस्थल आगमनबाट बाहिर निस्कने स्थानमा आइएम्एस् प्रालिले थप्नु पर्ने लिफ्टको कार्यका सन्दर्भमा सिभिल निर्माण कार्य सुरु भइसकेको र १२ ट्रली अट्ने मोडलको लिफ्ट खरिदका लागि एलसी खोली सकेकाले ३ महिना भित्र विदेशबाट उपकरण डेलिभरी भई जडान कार्य समेत सम्पन्न हुने छ।
यसका साथै पार्किङ गर्न नपर्ने तथा आफन्त पिकअपका लागि मात्र आउने यात्रुका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाउन विमानस्थल कार्यलयबाट सञ्चालकलाई निर्देशन दिइएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ। आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...
रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेक...
धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ। परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...