लेखनाथवासीले सडक मर्मत गर्न रुमाल थापेर पैसा उठाउँदै
पाेखरा | चैत १६, २०७९
पोखरा: पोखरा महानगरपालिका २७, ३० र ३१ वडामा पर्ने तालचोक– बेगनासताल सडकखण्ड मर्मत नगरेको भन्दै लेखनाथवासीले पैसा संकलन गरेर मर्मत गर्ने भन्दै सांकेतिक विरोध गरेका छन् ।
आज (बिहीबार) लेखनाथको तालचोकमा शान्तिपूर्ण आन्दोलनको क्रममा स्थानीयहरुले सडक मर्मत गर्न पोखरा महानगरको मेयर र वडाध्यक्ष विरुद्ध नारा लगाउँदै सडक मर्मत गर्न रुमालमा पैसा संकलन गरेका हुन् ।
स्थानीय सुशील बास्तोलाले तालचोक-बेगनासताल सडकखण्डमा खाल्डाखुल्डी भएका कारण दुर्घटनाको उच्च जोखिम रहेको बताए ।
‘तालचोक–बेगनासताल सडकमा खाल्डाखुल्डी बढी भएका कारण दुर्घटनाको उच्च जोखिम छ, बास्तोलाले भने, ‘लेखानाथ बासीले सडक मर्मत गर्न महानगर र वडा कार्यालयसँग माग गरेपनि सुनुवाई नगरेपनि शान्तिपूर्ण आन्दोलन गरेका हौं ।’
उनले आन्दोलनको क्रममा स्थानीयले पैसा संकलन गरेको भन्दै स्थानीयले नै सडक मर्मत गर्ने समेत बताए ।
लेखनाथवासीले महानगर र वडा कार्यालयले सडक मर्मतमा चासो नदिएको भन्दै तालचोकमा बिहान ९ बजेदेखि ११ सम्म शान्तिपूर्ण आन्दोलन गरेका थिए ।
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...
गोरखा: मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ । बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...
पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ। पोखरा महानगरपालिकाले शुक्रबार सा...

