तनहुँ खस्राङमा झोलुङ्गे पुल बनेपछि स्थानीय खुसी
तनहुँ | चैत १६, २०७९
तनहुँ: तनहुँ आबुखैरेनी गाउँपालिका –४ स्थित आम डाँडा स्थित खस्राङमा रहेको आधी खोला घर्ती दोभान झोलुङ्गे पुल निर्माण पुरा भएपछि स्थानीय बासिन्दालाई वर्षा याममा जोखिम बोलेर खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । खोलामाथि पुल निर्माण भएपछि आवत जावतमा सहज भएपछि स्थानीयवासी खुसी भएका छन् ।
कादूरी एग्रिकल्चरल एड एसोसिएसन ब्रिटिस गोर्खाज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो । कादूरीको ७७ लाख ११ हजार पाँच सय १९ र उपभोक्ताहरूको तर्फबाट श्रमदान रु एक लाख त्रिपन्न हजार गरी कूल रु ७८ लाख ६४ हजार पाँच सय १९ को लागतमा पुल निर्माण गरिएको हो ।
वि.सं २०७७ असोज १५ सर्वेक्षण गरी ०७९ कार्तिक १७ मा योजनाको निर्माण कार्य सुरु गरी ०७९ फागुन १८ गते सम्पन्न भएको आँधी खोला घर्ती दोभान झोलुङ्गे पुल निर्माण योजनाका अध्यक्ष इनबहादुर गुरुङले जानकारी दिनुभयो । ८६ मिटर लामो दुरीको उक्त पुल निर्माण पछि त्यस क्षेत्रका करिब एक हजार भन्दा बढी जनसङ्ख्या लाभान्वित हुने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पुलको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले मङ्गलबार एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । सो अवसरमा चुमानले पुल निर्माण पश्चात् सर्वसाधारण नागरिकहरूलाई आवतजावतमा सहज हुने भएकोले संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

