गण्डकी प्रदेश सरकारद्धारा क्रिकेट खेलाडी करणसहित चार खेलाडी नगदसहित पुरस्कृत
पाेखरा | चैत १५, २०७९
Photo Sudarshan Ranjeet
पोखरा: गण्डकी प्रदेश सरकारले नेपाललाई १९ वर्षमुनिको विश्वकप क्रिकेट र आइसिसी लिग टुको छनोट चरणमा पु¥याउन सफल प्रदेशका चार जना खेलाडीलाई सम्मान गरेको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आज कार्यक्रम आयोजना गरी प्रदेशबाट प्रतिनिधित्व गर्ने क्रिकेट खेलाडीलाई नगद रु ५० हजारसहित सम्मान गरेको हो । प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र सामाजिक तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङलगायतले खेलाडीलाई सम्मान गर्नुभयो ।
यही चैत २ गते सम्पन्न लिग टु क्रिकेटमा नेपाललाई छनोट चरणमा पु¥याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी (बागलुङ) सरकारबाट सम्मानित हुनुभयो ।
यसैगरी नेपाललाई १९ वर्षमुनिको विश्वकप क्रिकेटको विश्वकपमा पु¥याउन टोलीमा रहेर खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी (बागलुङ), अर्जुन कुमाल (कास्की) र दीपकराज डुम्रे (नवलपुर)लाई जनही रु ५० हजार र सम्मानपत्रले सम्मान गरिएको हो ।
कार्यक्रममा मुख्यमन्त्री अधिकारीले प्रदेशबाट सहभागी खेलाडीलाई हौसला दिँदै प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरिएको बताउनुभयो । उहाँले खेलाडीले मेहनतपूर्वक अनुशासित भएर खेल खेलेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो कम रकम हो तर हौसला र प्रोत्साहनका लागि थोरै रकमले मात्रै भए पनि सम्मान गरेका हौँ । खेलाडी राष्ट्रका गहना होइनन् । गहना त टल्किन्छ र सुरक्षा गर्न लुकाएर राख्नुपर्ने हुन्छ । बरु खेलाडी त सम्पत्ति हुन् ।”
सामाजिक विकास तथा स्वास्थ्यमन्त्री गुरुङले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बनाउने तयारीस्वरूप जमिनको खोजी भइरहेको बताउनुभयो । मन्त्रालयका सचिव हेमराज सुवेदीले गण्डकीबाट सहभागी भएर देशका लागि खेल्दै अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन खेलाडीलाई हौसला दिन सम्मान गरिएको बताउनुभयो ।
सम्मानित राष्ट्रिय क्रिकेट खेलाडी करण केसीले सरकारले गरेको सम्मानले आगामी खेलमा थप राम्रो खेल्ने हौसला मिलेको बताउनुभयो । घरेलु क्रिकेटका लागि सरकारले पूर्वाधार निर्माणका लागि लगानी गर्न उहाँले आग्रह गर्नुभयो । नेपाल क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष देवेन्द्रबहादुर प्रजुले क्रिकेटको विकासका लागि पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नति र वैकल्पिक क्रिकेट मैदान आवश्यक भएको बताउनुभयो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

