गण्डकी प्रदेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको औपचारिक निर्णय, आजै राजीनामा दिने

पाेखरा | चैत १०, २०७९

गण्डकी प्रदेश सरकारबाट बाहिरिने माओवादी केन्द्रको औपचारिक निर्णय, आजै राजीनामा दिने

पोखरा:   नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको छ । 


आज (शुक्रबार) बसेको माओवादीको दलको बैठकले केन्द्रको निर्देशन अनुसार प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको एक सांसदले बताए । 


‘दलको बैठकको निर्णय अनुसार प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेका छौं, सांसदले भने, ‘अहिले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको दलको सयुक्त बैठक बसेको छ, बैठकपछि मुख्यमन्त्रीलाई राजीनामा बुझाउने माओवादी केन्द्रको तयारी छ ।’


गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका दलका नेता एवम् भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशम जुग्जाली मन्त्री छन् । उनीहरुले केही बेरमा नै मुख्यमन्त्री अधिकारीलाई राजीनामा दिने एक सांसदले  जानकारी दिए । 


माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिए नेकपा एमालेका नेता खगराज अधिकारीले नेतृत्व गरेको प्रदेश सरकार अल्पमतमा पर्ने छ । माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिए मुख्यमन्त्री अधिकारीले ३० दिन भित्र विश्वास मत लिनुपर्छ । 


गण्डकी नेपाली कांग्रेसका २७, एमालेको २२, माओवादी केन्द्रको ७ (सभामुखबाहेक), राप्रपाको २ र स्वतन्त्र सांसद हाल एकिकृत समाजवादी प्रवेश गरेका एक सांसद छन् । ६० सदस्य रहेको गण्डकीमा बहुमतका लागि ३१ सांसद चाहिन्छ । 


 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्