कोशी नामकरणविरुद्धको आन्दोलनमा घाइते भएका पदम लिम्बूको मृत्यु

विराटनगर | चैत १०, २०७९

कोशी नामकरणविरुद्धको आन्दोलनमा घाइते भएका पदम लिम्बूको मृत्यु

विराटनगर:  कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनमा उत्रिएको बेला प्रहरीको लाठी प्रहारबाट घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

 

यही चैत ५ गते विराटनगरमा प्रहरीको लाठी लागेर घाइते भएका  ४२ वर्षीय पदमबहादुर लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो ।धरान उपमहानगरपालिका–१५ घर भएका लिम्बु लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् ।

 

कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएका थिए । लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको हो ।

 

पहिचानवादी दल र संस्थाहरुले गठन गरेको प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले चैत ५ गते विराटनगरमा प्रदर्शन गरेको थियो । प्रदर्शन निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले चार राउण्ड हवाई फायर र दुई दर्जन सेल अश्रुग्याँस प्रहार गरेको थियो ।

 

प्रहरीले बल प्रयोग गर्दा लिम्बुको टाउकोमा चोट लागेको थियो । चोट लागेका उनी घरमै उपचाररत थिए । तर चैत ८ गते बेलुका अचानक बेहोस भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

 

प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएका लिम्बुलाई शहीद घोषणा गर्दै घटनाको छानबिन गर्न प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले माग गरेको छ ।

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्

पोखरा — जेनजी प्रदर्शनका क्रममा कास्की जिल्ला कारागारबाट फरार भएका सहकारी ठगीसम्बन्धी कसुरका एक प्रतिवादी पक्राउ परेका छन्।   जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–२९ प...

थप पढ्नुहोस्

पर्वत ।    अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट प्रभावित पर्वतको फलेवास नगरपालिका ८ ठाना मौला, सल्यानीधाराका २० घरपरिवारलाई विश्वकर्मा समाज नेपालले राहत सामग्री वितरण गरेको छ ।   विश्वक...

थप पढ्नुहोस्