आँधीखोला फेकोफन अध्यक्षमा क्षेत्री

स्याङ्जा | चैत ९, २०७९

आँधीखोला फेकोफन अध्यक्षमा क्षेत्री

 पोखरा:  सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आँधीखोला गाउँपालिका स्याङजाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले देवबहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।
    

पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा डिलकुमारी लामिछाने, सचिवमा कल्पना पौडेल, कोषाध्यक्ष कुलप्रसाद पोख्रेल, सहसचिव विष्णुप्रसाद पौडेल र सदस्यहरुमा कल्पना सुनार,रुद्र केसी, भिमप्रसाद पौडेल,मेघनाथ ढकाल, सुनिता ढकाल,भीमा पौडेल, नारायणप्रसाद अधिकारी, विष्णुप्रसाद सुवेदी, टुका रिमाल रहनु भएको छ । 


आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेलले अधिवेशनको उद्घाटन गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न वनाएर वन पैदावारको सहजरुपमा उपयोग र निकासी सहज बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो ।
    

गाउँपालिकाले स्थानीय वन ऐन निर्माण गरि सकेको छ कार्यविधि र नियमावली बनाउने तयारी गरिरहेको जानकारी गराउँदै उहाँले आवश्यकता अनुसार परिमार्जन गर्दै उपभोक्ता समुहसंगको सहकार्यमा प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    

विभिन्न संघसंस्थालाई मानविय, सामाजिक र आर्थिक विकासमा उपयोग गर्दै पालिकाको समग्र विकासमा सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्दै पौडेलले भन्नुभयो कृषि र उद्यमसंग वनलाई जोड्र्ने आवश्यकता छ । 
    

गाउँपालिकाका उपाध्यक्ष एवम् सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सदस्य सिता थापाले नेतृत्व विकाससंगै आयआर्जनका कार्यक्रम सञ्चालनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गनुभयो ।
    

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्यव्दय तारा शर्मा र हरि बाँस्तोलाले उपभोक्ताले संरक्षण, प्रवद्र्धन र विकासमा अमूल्य योगदान पु¥याउदै वनलाई आम्दानी श्रोतका रुपमा विकास गर्न तीनै तहका सरकार जिम्मेवार भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
    

सामुदायिक वन उपभोक्ता महासंघ स्याङजाका अध्यक्ष दोवबहादुर कार्कीले सामुदायिक वनको अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै वन तथा वातावरण संरक्षणमा स्थानीय तह जिम्मेवार हुनु पर्ने आवश्यकता  औल्याउनुभयो ।


स्थानीय महासंघका अध्यक्ष देवबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश महासंघ सचिवालय सदस्य उमाकान्त शर्मा, सदस्य आँशु विश्वकर्मा, पुतलीबजार महासंघका उपाध्यक्ष तिलकुमारी रेग्मी, स्थानीय महासंघ उपाध्यक्ष भक्तबहादुर केसी, सचिव सिता नेपाली लगायतले सामुदायिक वनको महत्व माथि चर्चा गर्नुभएको थियो ।
 

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्