अनलाइन पत्रकार संघ गण्डकीको नेतृत्वमा बराल

पाेखरा | चैत ६, २०७९

अनलाइन पत्रकार संघ गण्डकीको नेतृत्वमा बराल PHOTO: DURGA PRASAD POUDEL

पोखरा:  अनलाइन पत्रकार संघ गण्डकीको नेतृत्वमा ढाकामोहन (गणेश) बराल चयन भएका छन् ।

 

पोखरामा आज (सोमबार) सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट बरालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

 

सो समितिको उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हाद चन्द्र  घिमिरे, कोषाध्यक्ष चन्द्रीका  घिमिरे (अनिता) चुनिन् । यस्तै सदस्यहरूमा निरज बसौला, ऋषिराम दाहाल, सन्जय आचार्य, सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रविन (चेत) बहादुर थापा मगर, दिपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने र रोहित बास्तोला निर्वाचित भए । 

 

सो समिति २ वर्षे कार्यकालका लागि चुनिएको नवनिर्वाचित उपाध्यक्ष सन्तोष बस्यालले जानकारी दिए । उनका अनुसार पहिलो बैठकबाट आगामी दिनमा के कसरी जाने भन्नेबारे छलफल हुने छ ।

 

यसअघि उद्घाटन सत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आम संचार विधेयक बारे आफू सकरात्मक भएको बताए  ।

आम संचार विधेयकबारे जानकार भएको बताउदै सम्बन्धित  मन्त्रालयसँग समन्वययकारी भूमिका खेल्ने बताए । मुख्यमन्त्री अधिकारीले पछिल्लो समय पीत पत्रकारिता मौलाउदै गएको उल्लेख गर्दै आधिकारिक र मर्यादित पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए । 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्