घटेको सेयर बजारमा ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक

काठमाडाैं | चैत ५, २०७९

घटेको सेयर बजारमा ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ६.९० अंकले घटेर १९२६ विन्दुमा पुगेको छ।

 

सेन्सेटिभ इण्डेक्स १.५२ अंकले घटेर ३६२.२६ विन्दुमा झरेको छ। यसदिन २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर १ अर्ब ६ करोड ९८ लाख  ४ हजार ८२५ रुपैयाँमा खरिदबिक्री भयो। ३० हजार ७७५ पटक कारोबार भयो।

 

ओरालो लागेको सेयर बजारमा ३ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। मनुषी  लघुवित्त वित्तीय,युनिक नेपाल लघुवित्त वित्तीय र शुभम पावरको मूल्य १० प्रतिशतले बढेको हो।

 

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६ करोड १० लाख मूल्य बराबरको  ​​​​​​​शिवम् सिमेन्टको ४ करोड ५ लाख र एनआईसी एसियाका ४ करोड ८४ लाख बढि मूल्यको सेयर कारोबार भयो।

 

कारोबारमा आएका १३ उपसमूहमध्ये  ५ को मूल्य बढ्दा ८ उपसमूहका लगानीकर्ताले गुमाए।

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्