प्रहरीले सेवाग्राहीसँग गर्नुपर्ने व्यवहार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
पाेखरा | चैत ५, २०७९
पोखरा: वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीहरुका लागि प्रभावशाली सञ्चार एवम प्रहरीले सेवाग्राहीहरुसँग गर्नुपर्ने व्यवहार सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा प्रहरी कार्यालय वैदामको आयोजनमा सम्पन्न अभिमुखीकरणमा वैदामका प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले प्रहरी जनताको सेवक भएकाले प्रहरी प्रतिको विश्वासलाई मजबुत बनाएर सेवाप्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले शान्ति सुरक्षा अमन चयन कायम गर्ने जिम्मेवारी पाएको प्रहरी संगठनले प्रभावकारी रुपबाट काम गर्न नागरिक मैत्री बोली व्यवहारको खाँचो औल्याउनुभयो । प्रशिक्षणले सोच्ने क्षमता र गर्ने व्यवहारलाई सकारात्मक उन्मुख बनाउन सघाउ पुराउने जनाउँदै उहाँले सिकेको कुरालाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।
सहभागीको तर्फबाट अनुभव राख्दै प्रहरी जवान सन्तोष रिमालले बोल्ने कला, पत्रकारको प्रहरी र प्रहरीको पत्रकार प्रतिको धारणाका साथै प्रभावशाली सञ्चारका लागि अपनाउनु पर्ने विधि प्रक्रियाको बारेमा जान्न बुझ्ने अवसर मिलेको बताउनुभयो । उहाँले सिकेका कुरालाई आफ्नो कार्यक्षेत्रमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
वैदामका प्रहरी निरिक्षक हरिप्रसाद पौडेलले सेवाग्राहीको प्रहरी प्रति दृष्टिकोणलाई सकारात्मक बनाउने बोल्ने कलाको महत्वको बारेमा प्रशिक्षण उपयोगी भएको धारणा राख्नुभयो । नागरिकसँग हरेक विषयसँग ठोकिने प्रहरीका लागि बोल्ने कला निकै आवश्यक र उपयोगी भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले प्रभावकारी सेवा प्रवाहका लागि सञ्चार र बोल्ने कलाको महत्वको बारेमा प्रशिक्षण दिनुभएको थियो । एक दिने अभिमुखीकरणमा वडा प्रहरी कार्यालय र मातहतका २५ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...
पोखरा । ‘इतिहास, भाषा, संस्कृति संरक्षण सम्बद्र्धन मगरहरुको मूल मन्त्र, जातिय पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नारासहित एकताको सन्देश दिँदैं पोखरामा पनि ४४ ...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा चुस्त सुरक्षा व्यवस्थापन र सुदृढीकरणमा जोड दिइएको छ । प्रहरी मुख्यालयमा आज निर्वाचनसम्बन्धी भएको सरोकारवाला प्रतिनिधिहरू सहभागी अन्तरक्र...

