आगामी वर्षका लागि बिदा सार्वजनिक
काठमाडाैं | चैत ४, २०७९

काठमाडौं: आगामी वर्ष २०८० सालका लागि सरकारले विभिन्न सार्वजनिक बिदा, पर्व बिदा र विभिन्न दिवसको मिति सार्वजनिक गरेको छ । गृह मन्त्रालयले वर्षभरि हुने ५२ शनिबारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ ।
आगामी २०८० साल वैशाख १ गते नयाँ वर्ष, वैशाख १८ गते विश्व मजदुर दिवस र वैशाख २२ गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिइएको छ । भदौ १४ गते रक्षाबन्धनको र भदौ २० गते श्रीकृष्ण जन्माष्टमीको बिदा दिइएको छ ।
त्यस्तै असोज ३ गते संविधान दिवस, असोज २८ गते घटस्थापनाको बिदा दिइएको छ भने कात्तिक ४ (फूलपातीदेखि द्वादशीसम्म) देखि ९ गतेसम्म सार्वजनिक बिदा हुनेछ । कात्तिक २६ देखि ३० गतेसम्म लक्ष्मी पूजा, म्हपूजा/नेपाल संवत्गो/वद्र्धन पूजा र दुई दिन भाइटीकाको बिदा हुने घोषणा गरिएको छ ।
यसैगरी मङ्सिर ३ गते छठ पर्व, पुस ९ गते क्रिसमस डेको र पुस १० गते ज्यापू दिवसरयोमरी पुन्हीको बिदा दिइएको छ । पुस १५ गते तमु ल्होसारको बिदा रहनेछ भने माघ १ गते माघी पर्व, माघ २७ गते सोनम ल्होसारको बिदा हुनेछ । फागुन २५ गते महाशिवरात्रि र फागुन २८ गते ग्याल्पो ल्होसारको बिदा घोषणा गरिएको छ । यसबाहेक दिन नतोकी इस्लाम धर्मावलम्बीको पर्व इद उल फित्र र बकर इदको बिदा हुने गृह मन्त्रालयले जनाएको छ ।
सरकारले फागु पूर्णिमाका लागि हिमाल र पहाडका ५६ जिल्लामा चैत ११ र तराईका जिल्लामा चैत १२ गते बिदा घोषणा गरिएको छ । मन्त्रालयको सूचीअनुसार भदौ ७ गते गौरा पर्व, भदौ १४ गते गाईजात्राको बिदा दिइने उल्लेख छ । सिरुवा पर्वको बिदा धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि हुने घोषणा गरिएको ।
त्यस्तै महिला कर्मचारीका लागि असोज १ गते तीज र असोज २० गते जितिया पर्वको बिदा हुनेछ । पुस २७ गते पृथ्वी जयन्ती ९राष्ट्रिय एकता० दिवसको बिदा घोषणा भएको छ । फागुन २ गते वसन्त पञ्चमीको दिन शिक्षण संस्थाका लागि बिदा घोषणा भएको छ ।
गृह मन्त्रालयले भदौ १४ गते गाईजात्रा, असोज ११ गते इन्द्रजात्रा र भोटोजात्रा तथा चैत २६ गते घोडेजात्राको बिदा उपत्यकाका लागि दिने निर्णय गरेको छ ।
सरकारले यसै वर्षदेखि दिन थालेको फागुन १ गते जनयुद्ध दिवसको बिदालाई आगामी वर्ष पनि निरन्तरता दिइएको छ । फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको बिदा तोकिएको छ । कात्तिक २५ गते फाल्गुनन्द जयन्ती, मोहम्मद जयन्ती, मंसिर ११ गतेको गुरु नानक जयन्तीको बिदा सम्बन्धित धर्मावलम्बीलाई मात्र हुनेछ ।
यसबाहेक सरकारले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस जेठ २१ गते, निजामती सेवा दिवस भदौ २२ गते र माघ १६ को शहीद दिवस मनाउने तथा ती दिनमा कार्यालय बिदा नहुनेसमेत घोषणा गरेको छ । विदेशस्थित नेपाली नियोगले सम्बन्धित मुलुकको सार्वजनिक बिदालाई दृष्टिगत गरेर बढीमा १८ दिन सार्वजनिक बिदाको व्यवस्था र समायोजन गर्न सक्ने पनि मन्त्रालयले जनाएको छ ।
पोर्चुगल: वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे ब...
काठमाडौं: नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वि...
काठमाडौं: जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा ...