पितृ शोकमै मतदान गर्न राजधानी पुगे सांसद बराल
पाेखरा | चैत ३, २०७९
पोखरा: गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल पितृ शोकमै उपराष्ट्रपति निर्वाचनका सहभागि हुन राजधानी पुगेका छन् ।
सांसद बराल आफ्नो काकाको साथमा मतदान गर्न बुद्ध एयरमार्फत आज (शुक्रबार) काठमाडौं पुगेका हुन् ।
उनी मतदान गर्नासाथ पोखरा फर्किनेछन् । उनले पार्टीको निर्देशन र व्यवस्था प्रति सम्मान जनाउन प्रतिकुल समयमा पनि मतदानमा सहभागि हुन पुगेको बताए । उनले मतदानमा सहभागी भइसकेको बताउदै पोखरा फर्किने तयारीमा रहेको जानकारी दिए ।
सांसद बरालका अनुसार उनको पिता लोकराज शर्मा बरालको ८३ वर्षको उमेरमा ८ दिन अघि निधन भएको थियो ।
सांसद बरालले नेपाली कांग्रेसबाट कास्की निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचन जितेका हुन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

