ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
तेह्रथुम | जेठ २६, २०७९
तेह्रथुमः तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । म्याङलुङ नगरपालिका–१ को भित्री सडकखण्डमा म्याङलुङबाट तमोर नदीतर्फ जाँदै गरेको प्रदेश१–०२–००३त ४९८ नंको ट्याक्टर गए राति आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मीटर तल झरी दुर्घटना भएको थियो ।
दुर्घटनामा ट्याक्टर चालक फेदाप गाउँपालिका–५ इसिबुका २६ वर्षीय रविन खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

