उपराष्ट्रपतिका उम्मेदवार रामसहाय यादवको उम्मेदवारी कायमै रहने
काठमाडाैं | फागुन २८, २०७९

काठमाडौं : उपराष्ट्रपतिका उम्मेदवार जनता समाजवादी पार्टीका राम सहायप्रसाद यादवको उम्मेदवारी यथावत रहने भएको छ ।
मुख्य निर्वाचन अधिकृत महेश शर्मा पौडैलले यादवको उम्मेदवारी यथावत रहने बताए । शर्माले भने,‘लिंग वा समुदाय फरक हुनुपर्ने गरी संवैधानिक र कानुनी व्यवस्था भइरहेको देखिदा खस आर्य समुदायको भन्दा फरक मधेशी समुदाय राम सहाय यादव उम्मेदवार हुन अयोग्य भन्न नमिल्ने देखियो ।’
यादवको उम्मेदवारी खारेजीको माग गर्दै उपराष्ट्रपतिका उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जतमत पार्टीकी ममता झाले उजुरी दिएका थिए। उनीहरूले उपराष्ट्रपतिमा यादवको उम्मेदवारी संविधानविपरित रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए।
उपराष्ट्रपतिका लागि चारजनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धन दल जसपाबाट रामसहाय यादव र प्रमिला यादव, जनतमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन्।
उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ मा हुँदैछ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...