मेयरको ढोकामा सूर्यदर्शन सहकारी पीडितको बिलौना

पाेखरा | फागुन २६, २०७९

मेयरको ढोकामा सूर्यदर्शन सहकारी पीडितको बिलौना

पोखरा:   पोखरामा बागलुङ बसपार्क नजिक कार्यालय रहेको सूर्यदर्शन सहकारीका सेयर सदस्यहरुले जम्मा गरेको पैसा फिर्ता माग्न थालेको ६ महिना बढी भएको छ ।  


सूर्र्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सेयर सदस्यले असोजदेखि सहकारीमा पैसा निकाल्न खोजेपनि अहिलेसम्म आफुले जम्मा गरेको रकम फिर्ता पाउन सकेका छैनन् । सहकारीले केही महिना अगाडि आर्थिक मन्दीको कारण देखाउँदै केही रकम निकाल्न पनि फरकफरक बारमा रकम निकाल्न सूचना जारी गरेको थियो । 


नेपालीको पर्व दशै तिहार लगायतका चाडपर्वमा समेत आफुले बचत गरेको रकम निकाल्न नपाएको सेयर सदस्यहरुले गुनासो गरेका थिए ।  


सूर्यदर्शन सहकारी पीडितहरुले  दिनहुँ सहकारीमा धाएपछि अहिले पोखरा महागनरपालिका धाउन थालेका छन् । एक पीडितका अनुसार सहकारीले जम्मा गरेको रकम फिर्ता नगरेपछि महानगर गुहार्न परेको बताए । 


सहकारीले असोजमा बैठक बसेर जति नै बचत रकम भएपनि ५० हजार रुपैयाँमात्र झिक्न दिने निर्णय गरेको थियो । केही महिना अगाडि सहकारीका व्यवस्थापक थानबहादुर बुढामगरले हाल तरलताकाकारण बचतकर्ताको आवश्यकता अनुसार भुक्तानी दिन नसकेको स्वीकार गरेको थिए । तर अहिले उनको नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । 


सेयरधनीहरुले भदौ अन्तिम सातादेखि नै भनेको समयमा पैसा नपाएपछि सहकारीको कार्यालय धाउन थालेका थिए  । 


सहकारीको कार्यालयपछि महानगरपालिकामा पीडित


बिहीबार पोखरा महागनरपालिकाका मेयर धनराज आचार्य कार्यकक्षमा थिएनन् । उनी कार्यक्रममा बाहिर रहँदा सचिवालयमा सूर्यदर्शन सहकारी पीडितहरु मेयरको प्रतीक्षामा बसिरहे । 


कार्यक्रमबाट ढिला मात्र कार्यालयमा आउने भएकाले केही समय तल रहेको हेल्लो मेयर कक्षमा बस्न उनका स्वकिय सचिव पूर्ण लामाले आग्रह गरे  । तर पीडितहरुले मेयर नआएसम्म सचिवालयबाट अन्त नजाने अडान राखे । 


एक पीडितले पोखरा बाहिरको मान्छेले पोखरालाई लुटे पनि आवश्यक कारवाहीका लागि अगाडि बढ्न नसकेको भन्दै आक्रोस पोखे । जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका लगायत प्रशासनलाई लेखेको पत्र देखाउँदै पीडितले भने, ‘पोखरा लुटिरहँदा न्याय दिने प्रशासन कहाँ छ, किन खोजी गरिरहँदै, प्रशासनबाट उचित न्याय किन पाउन सकेका छैनौं, प्रश्न गरे ?’


सहकारी सञ्चालकलाई सम्पर्कमा ल्याउन पहल गर्न माग गर्दै सहकारी पीडितहरुले पोखरा महानगनरपालिकालाई गुहारेका हुन् । 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्