रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपति उम्मेदवार बनाउने नागरिक उन्मुक्ति पार्टीको निर्णय
काठमाडाैं | फागुन २६, २०७९
नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।
उक्त पार्टीको संसदीय दलका प्रमुख सचेतक गंगाराम चौधरीले शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको जानकारी दिए।
श्रेष्ठ कैलाली-१ बाट निर्वाचित सांसद हुन्।
नागरिक उन्मुक्ति पार्टी ८ दलीय गठबन्धनमा छ। सोही गठबन्धनमा रहेको अर्को दल जनता समाजवादी पार्टीले संसदीय दलका नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय बिहीबार गरिसकेको छ।
उपराष्ट्रपतिको मनोनयन दर्ता फागुन २७ मा हुँदैछ।
आफूले उम्मेदवार उठाउनेबारे ८ दलसँग कुराकानी गर्ने चौधरीले बताए।
पोखरा: युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ । अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’ ...
काठमाडौं: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

