एपी वान टेलिभिजनका महोत्तरी संवाददातामाथि आक्रमण

महोत्तरी | फागुन २५, २०७९

एपी वान टेलिभिजनका महोत्तरी संवाददातामाथि आक्रमण तस्बिर: साभार

महोत्तरी : एपी वान टेलिभिजनका महोत्तरी संवाददाता नविन चौधरीमाथि बुधबार साँझ आक्रमण भएको छ। होली पर्वको समाचार संकलन गरी फर्किरहेको समयमा जलेश्वर नगरपालिका-५ मा उनीमाथि आक्रमण भएको हो। 

 

मदिरा सेवन गरेर हिँडिरहेका समूहले चौधरीको टाउकोमा बियरको बोतल प्रहार गरेका थिए। उनको टाउकोमा चोट लागेको छ। उनको जनकपुरस्थित जानकी हेल्थ केयर सेन्टरमा उपचार भइरहेको छ। यता घटना निन्दनीय रहेको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले जनाएको छ। 


पत्रकार महासंघ महोत्तरीका सचिव राजकरण महतोले समाचार संकलन गरेकै भरमा पत्रकारमाथि आक्रमण हुनु प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको भन्दै दोषीलाई हदसम्मको कारवाहीको माग गरेका छन्। 

 

सचिव महतोले महोत्तरी प्रहरी प्रशासनसँग घटनालाई सुक्ष्म रूपमा अनुसन्धान गरी संलग्नलाई कारवाहीको माग गरिएको छ। पत्रकारलाई निष्पक्ष रुपमा काम गर्ने वातावरण निर्माण गरिदिन स्थानीय सरोकारवाला निकायसमक्ष सचिव महतोले आग्रह गरेका छन्। 

 

प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलका अनुसार भारत विहार राज्य मधुवापुर थाना ठेगाना भएका १८ वर्षीय संजित कुमार मण्डललाई पक्राउ गरिएको जनाएको छ। अन्य व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पोखरा:   सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् ।  उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...

थप पढ्नुहोस्

पोखरा:   नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...

थप पढ्नुहोस्