कर्मचारीले सूचना चुहाएपछि पिएन स्ववियुको कार्यालयमा ताला

पाेखरा | फागुन २५, २०७९

कर्मचारीले सूचना चुहाएपछि पिएन स्ववियुको कार्यालयमा ताला

पोखरा:   कर्मचारीले सूचना चुहाएको भन्दै पोखराको पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यालयमा केही विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । 


त्रिभुवन विश्वविद्यालयले चैत ५ गते निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचनमा होमिएका विद्यार्थी संगठनहरुले पिएन क्याम्पसका केही विद्यार्थी संगठनहरुले कर्मचारीले विद्यार्थीहरुको व्यक्तिगत विवरण चुहावट गरेको भन्दै तालाबन्दीपछि विज्ञप्तीमा टाँसिएकाे छ ।


विज्ञप्तीमा भनिएको छ ‘पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन  समिति र क्याम्पस प्रशासनको मिलेमतोमा मतदाता नामावलीको प्रकाशनको सन्दर्भमा अन्तिम टुङ्गो नहुँदै केही अमुक विद्यार्थी संगठनलाई मतदाता नामावली पत्रमा निर्वाचनलाई प्रभावित पार्ने गतिविधि स्ववियु निर्वाचन समितिबाट नै गरिएको कुरामा गम्भिर शंका भएको छ ।’


अखिल क्रान्तिकारी पिएनका अध्यक्ष काशिराम पौडेल, अखिल क्रान्तिकारी अध्यक्ष सचिन पौडेल, विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष विवेक अधिकारी र अखिल क्रान्तिकारी संयुक्तका अध्यक्ष गगन परियारले हस्ताक्षर गरिएको विज्ञप्तीमा क्याम्पसमा प्रशासनमा दुई बुँदे माग राख्दै तालाबन्दी भएको हो । 


‘त्रिभुवन विश्वविद्यालय मार्फत तलबभत्ता लिने शिक्षक, प्राध्यापक  र कर्मचारीले आसन्न स्ववियु निर्वाचनमा मतदान गर्न नपाउने र  फागुन १८ र १९ गते दर्ता भएका संघ, संगठन र समूहको नामावली जस्ताको त्यस्तै तत्काल पुनः प्रकाशित गर्नुपर्ने’ विज्ञप्तीमा उल्लेख छ ।

काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएकामा आज दुवै धातुको मोल केही बढेको छ ।  आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल र...

थप पढ्नुहोस्

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्