पोखरेली पत्रकारलाई 'डिजिटल' पत्रकारिता तालिम
पाेखरा | जेठ २५, २०७९
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले डिजिटल पत्रकारिता तालिम सुरु गरेको छ । पोखरा महानगरपालिकाको सहयोगमा महासंघको हलमा आजदेखि तालिम सुरु भएको हो ।
उक्त तालिम आगामी २७ गतेसम्म संचालन हुनेछ ।
सो तालिमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे । सो अवसरमा बोल्दै मेयर आचार्यले पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रममा महानगरको साथ समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।
उनले पोखराको पत्रकारिता क्षेत्रलाई मुलधारमा लैजानुपर्ने आवश्यकता रहेको घारणा राखे । ‘पोखराको पत्रकारिता क्षेत्र अब मुलधारको हुनुपर्छ, उनले भने, ‘सबै काठमाडौंमा मात्र केन्द्रीत हुँदा पोखरा अझै कतिपय विषयमा पछाडी परिरहेको छ, आउनुहोस् सबै मिलेर पोखरा बनाऔं ।’
उनले डिजिटल मिडिया पत्रकारिता तालिमका कारण पत्रकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । सामाजिक रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले पत्रकारले पनि सत्य, तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
मेयर आचार्यले पोखरा महानगरपालिकालाई सूचनामैत्री महानगर बनाउने तर्फ आफु प्रतिबद्ध रहेको बताए । ‘पोखरा महानगरपालिकालाई सूचनामैत्री महानगर बनाउन म प्रतिबद्ध छु । आवश्यक तयारी हुँदै छ । पत्रकारले पाउनुपर्ने सूचना आदानप्रदानमा देखिएका समस्यालाई छिट्टै समाधान गरिनेछ’ उनले भने ।
यसैगरि नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पछिल्लो समयको आवश्यकतालाई परिपूर्ति गर्ने गरी उक्त तालिम संचालन गरिएको बताइन् । उनका अनुसार डिजिटल पत्रकारिता तालिमको माग भएपछि पत्रकार महासंघ कास्कीले पोखरा महानगरपालिकाको सहकार्यमा उक्त तालिम संचालन गरेको हो ।
तीन दिनसम्म चल्ने तालिममा प्रशिक्षकका रुपमा विकास कार्की, उमेश श्रेष्ठले प्रशिक्षण दिनेछन् ।
पोखरा: भाइब्रेन्ट फुटबल क्लबको आयोजनामा पोखरामा भोलिदेखि प्रथम केआइइसी पोखरा सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टु...
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोर्टस समिटमा ट्वान्टी ट्वान्टी विश्वकपको ट्रफि प्रदर्शन गरिएको छ । भारत र श्रीलंकामा फेब्र...
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्...

