एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: कसले कुन अवार्ड जिते ?

पाेखरा | पुस २३, २०८२

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड: कसले कुन अवार्ड जिते ?

पोखरा: २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम पोखरामा सम्पन्न भएको छ । 


पोखरा सभागृहमा बुधबार भएको अवार्ड समारोहमा दीपेन्द्र पुरुषतर्फ र एरिका महिलातर्फ वर्ष खेलाडी घोषित भएका हुन् । दीपेन्द्रले पहिलो पटक अवार्ड जित्दा एरिकाले लगातार दोस्रोपटक यो अवार्ड जितिन् । उनीहरू दुवैले पल्सर बाइक प्राप्त गरे ।


यसअघि संगिना वैद्य, गंगा अधिकारी र सावित्रा भण्डारीपछि दुई पटक जित्ने एरिका समग्रमा चौथो खेलाडी हुन् । लगातार दोस्रोपटक भने एरिकाले मात्र जितेकी छन् ।


यस्तै भोटिङका आधारमा प्रदान गरिने पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी हिमाल सुनारीले प्राप्त गरे । उनले चार खेलाडीलाई भोटिङमा पछाडि पार्दै अवार्ड जितेका हुन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।


पिपल्स च्वाइस अवार्डको मनोनयनमा सुनारीसँगै क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसु खेलाडी विजय सिन्जाली पनि परेका थिए ।


रेखा पौडेल भोटिङमा दोस्रो स्थानमा रहिन् । त्यस्तै पूजा महतो तेस्रो, विजयी सिन्जाली चौथो र इभाना थापा चौथो स्थानमा रहे ।


नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले उत्कृष्ट युवा खेलाडीको अवार्ड प्राप्त गरिन् । त्यस्तै तेक्वान्दोमा ९ डान प्राप्त गर्ने तुलसी गुरुङलाई एनएसजेएफ स्पेशल अवार्डबाट सम्मानित गरियो । उनले पनि पल्सर बाइक प्राप्त गरिन् ।


पहिलोपटक भएको खो खो विश्वकपमा दुई ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई ‘टिम अफ दि इयर’ अवार्ड प्रदान गरियो ।


एथ्लेटिक्सकी प्रभा आङदेम्बेले उत्कृष्ट पारा एथ्लेटको अवार्ड प्राप्त गरिन् । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरियो । लामाले पनि पल्सर बाइक प्राप्त गरे ।


पूर्वखेलाडी खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो ।


कार्यक्रमको अन्त्यमा सरप्राइजका रूपमा घोषणा गरिएको विशेष अवार्ड ‘ट्रेलब्लेजर अफ दि इयर’ पलेशा गोवर्धनले प्राप्त गरिन् ।


एनएसजेएफ स्पोर्ट्स अवार्ड पहिलोपटक काठमाडौंबाहिर आयोजना भएको हो । ‘यसपटक काठमाडौं बाहिर आयोजना गरेर नयाँ सुरुवात भएको छ ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्