सेयर बजारमा २६ अंकको गिरावट, १३ वटै उपसमूहको सूचक नकारात्मक
काठमाडाैं | फागुन १८, २०७९
काठमाडौं : सेयर कारोबारको साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक २६.४७ अंकले घटेर १९६९.०२ विन्दुमा अडिएको छ। सन्सेटिभ इण्डेक्स ४.८१ अंकले घटेको छ।
यसदिन १९३ कम्पनीको मूल्य ओरालो लाग्दा १९ को मात्रै मूल्य बढ्यो। २५६ कम्पनीको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर १ अर्ब ३३ करोड ६३ लाख ३३ लाख ९६७ रूपैयाँमा खरिदबिक्री भयो।
२८ हजार ५०० पटक कारोबार भयो।
आज कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेन। ग्लोबल आईएमई लघुवित्त वित्तीयको सेयर मूल्य ७ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी अग्रस्थानमा रह्यो। सो कम्पनीको ८ करोड १२ लाख रूपैयाँको सेयर कारोबार भयो।
कारोबारमा आएका १३ वटै समूहको सूचक नकारात्मक देखिएका छन्। माइक्रो फाइनान्स र ट्रेडिङ उपसमूहको सूचक २ प्रतिशत बढिले ओरालो लाग्यो।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

