प्रथम फ्लो फ्लो कप फुटबलः तेस्रो दिन ७ खेल

पाेखरा | फागुन १७, २०७९

प्रथम फ्लो फ्लो कप फुटबलः तेस्रो दिन ७ खेल

पोखरा:   पोखरा १३ माछापोखरीमा जारी प्रथम फ्लो फ्लो कपमा बुधवार देखी दोश्रो चरणको खेल शुुरु भएको छ । 


गन्नी एफ सी फुटबल क्लबको आयोजनामा जारी फ्लो फ्लो कपमा बुधवार सम्पन्न पहिलो खेलमा प्रो फिट फुटबल क्लबले नमुना फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल रहयो । 


खेलमा प्रोफिटका आशिस कुंवर र प्रवेश गुरुङले १–१ गोल गर्न सफल भए । त्यसैगरी दोश्रो खेलमा बी १३ ले बीवाइएस एफ सीलाई ६–० कोे फराकिलो गोल अन्तरले पराजित गर्न सफल रहयो । खेलमा बी १३ को तर्फबाट दीपेश गुरुङले ५ र सन्देश देवकोटाले १ गोल गरे । 


तेश्रो खेलमा केआइइसी बोन एफसीले दीनेश एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय ग¥यो । खेलमा केआइइसीका तर्फबाट अविनाश तामाङले निर्णायक गोल गरे । 


चौथो खेलमा एलजी एकताले दीप १६ लाई १–० गोल अन्तरले पराजित ग¥यो । खेलमा एलजीको तर्फबाट प्रशान्त गुरुङले निर्णायक गोल गरे । पांचौ खेलमा रामघाट एफसीले ढुंगेसांघु एफसीलाई २–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल रहयो । उक्त खेलमा रामघाटका गंगा गुरुङ र प्रविन  गुरुङले समान १–१ गोल गरे । 


त्यसैगरी पांचौ खेलमा रत्न समाजलाई सैनिक एफसीले २–० गोल अन्तरले पराजित ग¥यो । खेलमा सैनिकको तर्फबाट सुजल गुरुङ र बिकास परियारले समान १–१ गोल गरे । त्यसैगरी बुधबार सम्पन्न अन्तिम खेलमा रत्नचोकले संगम एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय ग¥यो । खेलमा रत्नचोकका अभिषेक गुरुङले निर्णायक गोल गरेका थिए । 


प्रतियोगितामा बिजेतालाई नगद २ लाख ११ हजार  १ सय ११ रुपैया नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन  । त्यसैगरी उपबिजेताले नगद १ लाख ५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यसैगरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ट्रफि सहित ७ हजारद्वारा पुरस्कृत गरिनेछ । त्यसैगरी उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही ५÷५ हजार नगद  र ट्रफि प्रदान गरिने छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनामा पक्राउ परेका नेतालाई रिहाई नगरेको भन्दै प्रदर्शन गरेको छ।   आज दिउँसो बानेश्वर क्षेत्रमा राप्रपाका नेता तथा कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका ...

थप पढ्नुहोस्

रोल्पाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँमा कुकुरलाई झुड्याएर हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।   प्रहरीका अनुसार पक्राउ पर्नेमा ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुन रहेक...

थप पढ्नुहोस्

धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ।   परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन्। हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा...

थप पढ्नुहोस्