मापसे गरेर स्कुल बस चलाउने पक्राउ

काठमाडाैं | फागुन १७, २०७९

मापसे गरेर स्कुल बस चलाउने पक्राउ फाइल तस्बिर

काठमाडौं: मादक पदार्थ सेवन (मापसे) गरेर स्कुल बस चलाउने चालक पक्राउ परेका छन्। काठमाडौं उपत्यकामा बुधबार बिहान गरिएको विशेष चेकिंङका क्रममा मापसे गरेर स्कुल बस चलाउने एक चालकसहित ८७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। 

 

ट्राफिक प्रहरीले सवारी जाँचकै क्रममा मापसे गरेका स्कुल बसका चालकलाई नियन्त्रणमा लिएको हो। बुङमति स्थित त्रिरत्न माध्यमिक विद्यालयको बागमती प्रदेश-०१-००६ ख ४६ २९ नम्बरको बसका चालक काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका ११ का २७ वर्षीय बुद्ध लामालाई नियन्त्रणमा लिइएको छ। 

 

कोटेश्वरमा भइरहेको चेकिङमा लामाले मदिरा पिएर स्कुल बस चलाएको पाईएपछि उनलाई नियन्त्रणमा लिएर प्रहरी प्रभाग कोटेश्वरमा बुझाइएको छ। त्यस्तै अवस्था ठिक नभएका स्कुल बस चलाउँदै गरेका २ जना चालक पनि कारबाहीमा परेका छन्। 

 

विशेष चेकिङकै क्रममा कागजपत्र साथमा नराख्ने,  सवारी साधनको अवस्था ठिक नराख्नेलगायत विविध कसुरमा २३ जना पानी ट्याङकरका चालक पनि कारबाहीमा परेका छन्।

 

नयाँसपार्कमा १५, कीर्तिपुरमा ३, कलंकी र काँडाघारीमा २/२ र न्यूरोड क्षेत्रमा १ जना गरी २३ जना ट्याङ्करका चालक कारबाहीमा परेका हुन्। यसका साथै अन्य कसुरमा ६१ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। 

 

काठमाडौँ उपत्यकाको ट्राफिक आवागमनलाई सहजीकरण गर्न, सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउने उद्देश्यका साथ ट्राफिक प्रहरीले नियमित तथा विशेष चेकिङ गर्दै आएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए। 

 

सवारी दुर्घटनामा कमी ल्याउन र नियम कानुनको परिपालना गर्ने कार्यमा ट्राफिक प्रहरीले चालेको अभियानमा सम्बन्धित सबैको सहकार्य आवश्यक रहेको पनि प्रवक्ता भट्टले बताए। 

 पोखरा:   नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् ।  ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोप...

थप पढ्नुहोस्

पोखरा:  बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले भदौं ११ गतेदेखि प...

थप पढ्नुहोस्

पोखरा:  आमा समुहले आर्थिक उपार्जन गर्ने मात्र नभई आप्mना सदस्यलाई दुःख पर्दा सहयोग गर्दछन् भन्ने यहाँको एउटा आमा समुह उदाहरणीय बनेको छ ।  पोखरा १७ घारीपाटनस्थित शुभकामना आमा समुहले क्यान्सर पिडीत...

थप पढ्नुहोस्