भुजुङमा चार दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम
लमजुङ | फागुन १७, २०७९

लमजुङ: लमजुङको क्व्होंलासोंथार गाउँपालिका वडा नं.४, भुजुङमा चार दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
उपाध्यक्षसँग महिला कार्यक्रम अन्तर्गत आयोजित सो तालिममा दुई दर्जन महिला प्रशिक्षार्थी सहभागी थिए । शुक्रबारदेखि सुरु भएको सो तालिमको सोमबार समापन गरिएको हो ।
तालिमको समापन गर्दै क्व्होंलासोंथार गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरुङले महिलाहरूको नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । महिलाहरू सक्षम भए मात्र समाजको विकास हुने भन्दै उहाँले घरको चुलोचौकोमा मात्र सीमित नभइ महिलाहरू क्षमता विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, वडाध्यक्ष नारायणबहादुर गुरुङले तालिममा सिकेका कुरालाई खेर जान नदिन प्रशिक्षार्थीहरूलाई सुझाव दिनुभयो । कार्यपालिका सदस्य हेमन्ता गुरुङले समय व्यतीत गर्न मात्रै तालिममा सहभागी हुनुको अर्थ नहुने भन्दै प्रशिक्षकको मेहेनत र प्रशिक्षार्थीको अभ्यासले तालिम सफल बनेको विश्वास व्यक्त गर्नुभयो ।
समापन कार्यक्रममा दलित महिला वडा सदस्य कोपिला मिजार, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०का प्रतिनिधि वृजबहादुर गुरुङ, लालीगुराँस युवा क्लबका अध्यक्ष नवराज गुरुङ, युम्बु विकास आमा समूहकी अध्यक्ष आशकुमारी गुरुङ, तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीसले प्रशिक्षार्थीहरूलाई तालिममा सिकेका कुरालाई व्यवहार उतार्न सके तालिमको उपलब्धि देखिने बताउनुभएको थियो । त्यस्तै प्रशिक्षार्थीको तर्फबाट ङाश्री गुरुङ, सुशीला गुरुङ र सुलमाया गुरुङले तालिमको अनुभवबारे आआफ्ना भनाइ राख्नुभएको थियो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...