व्यवहारिक र प्रयोगात्मक शिक्षा आजको आवश्यकता: कुलपति गुरुङ्ग

पाेखरा | फागुन १५, २०७९

व्यवहारिक र प्रयोगात्मक शिक्षा आजको आवश्यकता:  कुलपति गुरुङ्ग

लेखनाथ:  गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डाक्टर गणेशमान गुरुङले विद्यार्थीलाई कितावी ज्ञानको साथमा व्यवहारिक र अन्तराष्ट्रिय मापदण्डको प्रयोगात्मक शिक्षा अपरिहार्य भएको बताएका छन् ।


पोखरा महानगरपालिका वडा नं. २७ तालचोक स्थित डायमण्ड माध्यामिक विद्यालयको ३५ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई शनिबार सम्बोधन गर्दै, कुलपति गुरुङले शिक्षण संस्थाले बजारमा आपूर्ति हुने जनशक्ति उत्पादन गर्नेगरी गुणस्तरमा ध्यान दिन सुझाव  दिए । उनले आफ्नो कुशलता देखाउने, योग्यता प्रर्दशन गर्ने, विचारहरु प्रस्तुत गर्ने नागरिकहरुको उत्पादनबाट शिक्षा क्षेत्र अघि वढ्नुपर्नेमा जोड दिए ।  


कुलपति गुरुङले शिक्षाको क्षेत्रमा ठुलो लगानी गरेर दक्ष जनशक्ति उत्पादन गर्ने नीजि क्षेत्रलाई राज्यले सहजीकरण नगरेर उल्टो विभिन्न कर लिने गरेको बताए । उनले शिक्षण संस्थाहरुले समयानुकुल परिवर्तन हुँदै शिक्षालाई प्रविधिसँग जोडेर अगाडी लैजानु पर्नेमा जोड दिए । 


कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायण सुवेदीले विज्ञान प्रविधिको प्रयोगमा जोड दिदै, विद्यार्थीहरुले त्यसको सहि सदुपयोग गरे नगरेको नियमन गर्न अभिभावकलाई सुझाव दिए । 


कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य यम बहादुर रोकाले कास्कीकै पूर्विभेगको शैक्षिक केन्द्रको रुपमा विकास गर्ने गरी ३५ बर्ष अगाडी अग्रेजी माध्यमबाट अध्यापन गराउने उद्देश्यका साथ विद्यालयको स्थापना भएको उल्लेख गरे । प्राचार्य रोकाले २०५२ साल देखि एसएलसी परिक्षामा समावेश भएको विद्यालयबाट अहिलेसम्म झण्डै २ हजार २ सय विद्यार्थी उत्र्तिण भएको बताए । 


विद्यालयबाट झण्डै १ हजार २ सय विद्यार्थीले दश दुई जोड उत्र्तिण गरेको उल्लेख गर्दै, डायमण्डबाट उत्पादित विद्यार्थी हरेक क्षेत्रको प्रतिस्पर्धामा अब्बल रहेको बताए । उनले विद्यालयमा अध्ययन गरी झण्डै तीनसय चिकित्सक, चारसय इञ्जिनियर, विभिन्न विश्वविद्यालयमा अनुसन्धानकर्ता, चाडर्ड एकाउन्टेन र प्रशासनिक क्षेत्रमा जनशक्ति उत्पादन भएको बताए । 


संस्थापक प्राचार्य रोकाले विद्यालयमा अहिले १ हजार ५ सय विद्यार्थी अध्ययन गरीरहेको उल्लेख गर्दै, ९५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको बताए । विद्यालयको शैक्षिक सुधारका लागि कार्ययोजना प्रस्तुत गर्दै रोकाले आधारभूत तहको अध्ययनका लागि नयाँ भौतिक संरचनाको निर्माण गरिने, बालमैत्री वातावरणमा अध्यापन गराईने, सिर्जनात्मक प्रयोग र विद्यार्थीको अन्तरनिहित क्षमताका आधारमा कार्यक्रम समावेश गरिने उल्लेख गरे । 


यसैगरी विद्यार्थीहरुको स्वास्थ्य बिमा, ध्यान केन्द्रितका लागि योगा अभ्यास, स्वअनुशासनका लागि संस्कृत शिक्षाको पढाई, शैक्षिक महोत्सव, पढाई महोत्सव लगायतका कार्यक्रमलाई निरन्तरता दिईने उल्लेख गरे । उनले शिक्षक र अभिभावकलाई विद्यालयको एप्स मार्फत जोडिएको उल्लेख गर्दै, रचनात्मक सुझाव दिन आग्रह समेत गरे । 


समारोहमा १० वर्ष भन्दा वढि सेवा गरेका शिक्षक शिक्षिका एवं कर्मचारीहरुलाई दिर्घसेवा पदकबाट सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा महेश्वर पण्डित, वुद्धिसागर अधिकारी, विकास लामिछाने, सम्झना लामिछाने, अनुराधा पौडेल, सम्झना सुवेदी, विनोद थापा, केदार अधिकारी र पवित्रा अधिकारी रहेका छन् । 


यसैगरी विक्रस सम्वत २०७६, ०७७ र ०७८ सालको एस इ ई र दश दुई जोड तर्फ सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई पदम डायमण्ड अवार्डबाट सम्मान गरिएको थियो ।


फागुन १२ र १३ द्धिदिवशिय रुपमा विद्यालय प्राङ्गणमा आयोजित बार्षिकोत्सव कार्यक्रममा शैक्षिक प्रर्दशनी, फुड फेस्टीभल सहित विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रर्दशन गरिएको थियो ।


विगत तिन वर्ष देखी कक्षा ११ र १२ मा होटल म्यानेजमेण्ट कोर्षको कक्षा सञ्चालन गर्दै आएको विद्यालयले विद्यार्थीहरुले सिकेका सिपलाई व्यवहारिक रुपमा उर्तानुपर्छ भन्ने ध्येयका साथ वार्षिक कार्यक्रम अनुसार नै फुड फेस्टीवलको आयोजना गरेको विद्यालयका निर्देशक समितिका अध्यक्ष माधवशरण उपाध्यायले वताए ।


विद्यालयका निर्देशक समितिका अध्यक्ष माधवशरण उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अभिभावक इन्द्रबहादुर थापा, भूतपूर्व विद्यार्थी राजकुमार थापा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा व्यवस्थापक हरि प्रसाद लामिछानेले स्वागत सञ्चालन शिक्षक नारायण पराजुलीले गरेका थिए ।
 

काठमाडौं:     मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको छ ।  आयोजना नि...

थप पढ्नुहोस्

कास्की:    कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ मंसिर ६ गते देखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको द...

थप पढ्नुहोस्

पोखरा:    पोखरामा मनमाया गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार एक कार्यक्रमका बीच उक्त गीतको सार्वजनिक गरिएको हो ।  किरण शंकर र सुमिना लोको आवाजमा रहेको गीतलाई नेपाल आइडल ...

थप पढ्नुहोस्