स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउने संकल्प गरौं: स्वास्थ्यमन्त्री गिरी
काठमाडाैं | फागुन १५, २०७९
काठमाडौं: आज स्वास्थ्य सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरिएको छ ।
स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने गरिन्छ ।
दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले देशमा धेरै राजनीतिक परिवर्तन भए पनि दूरदराजका गरिब जनताले अझै पनि सर्बसुलभ ढंगले स्वास्थ्य सेवा नपाइरहेको बताए ।
‘नेपालको स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउन ढिलो भइसकेको छ । गरिब जनताले सुलभ ढंगले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अवस्था आजको दिनमा पनि छैन,’ उनले भने ।
उनले स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउँछौं भनेर सबैले आ–आफ्नो ठाउँबाट अठोट गरेमा मात्रै स्वास्थ्य सेवा दिवस मनाउनुको सार्थकता रहने बताए ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

