सात क्यासिनोमा छापा, ६ जना पक्राउ

नेपालगञ्ज | जेठ २४, २०७९

सात क्यासिनोमा छापा, ६ जना पक्राउ


 नेपालगञ्जः     प्रहरीले एकैपटक नेपालगञ्जका सात क्यासिनोमा छापा मारेको छ । क्यासिनोमा नेपालीका लागि प्रवेश निषेध गरे पनि क्यासिनोमा प्रवशे गरी जुवा खेलाउने कार्य भएको उजुरी आएकाले छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । 

 

प्रहरीले क्यासिनोमा छापा मार्दा नेपालगञ्जस्थित धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालनमा रहेको सिटीइ गेमिङ क्लब क्यासिनोबाट पुनः छ जना नेपालीलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।  उनीहरूलाई कानुनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ । 

 

प्रहरीका अनुसार उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । यसअघि पनि आइतबार होटल सिटी प्यालेसभित्र सञ्चालित सिटीइ गेमिङ क्लब क्यासिनोबाट नेपालगञ्जका सात नेपाली युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नेपालको कुनै पनि क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेश गर्न निषेध छ । तर नेपालगञ्जका क्यासिनोहरूले निर्वाधरूपमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने काम गरिरहेका छन् ।

 

यसैबीच प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी कोइली भन्ने शिवकुमार वढईलाई जमुनाह नाकाबाट पक्राउ गरेको छ । उनले नेपालगञ्ज–१८ कारकाँदोस्थित पसलमा समान किन्ने बहानामा गएर ७० वर्षीया लीलावती गुप्तालाई कुटपिट गरेको र उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । गुप्ताको मृत्युपछि वढई फरार थिए । 

 पोखरा:   नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् ।  ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोप...

थप पढ्नुहोस्

पोखरा:  बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले भदौं ११ गतेदेखि प...

थप पढ्नुहोस्

पोखरा:  आमा समुहले आर्थिक उपार्जन गर्ने मात्र नभई आप्mना सदस्यलाई दुःख पर्दा सहयोग गर्दछन् भन्ने यहाँको एउटा आमा समुह उदाहरणीय बनेको छ ।  पोखरा १७ घारीपाटनस्थित शुभकामना आमा समुहले क्यान्सर पिडीत...

थप पढ्नुहोस्