संग्रहालयको प्रचारप्रसार गर्न सकेनौंः मुख्यमन्त्री अधिकारी
पाेखरा | फागुन ५, २०७९
पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश संग्रहालयको प्रचारप्रसार गर्न नसकेको बताएका छन् ।
पोखरा महानगरपालिका ९ नयाँबजार स्थित प्रदेश संग्रहालयको प्रशासनिक भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

‘संग्रहालय अवलोकन गर्न आउने पर्यटक तथा दर्शकहरु समक्ष संग्रहालयको महत्वबारे प्रचारप्रसार गर्न सकेका छैनौं, मुख्यमन्त्री अधिकारीले भने, ‘ संग्रहालय भनेको विश्वविद्यालय हो, लोपउन्मुख अभिलेख, वस्तुहरु भोलिका अनुसन्धानकर्ताहरुका लागि महत्वपूर्ण साम्रागी हो त्यसैले संग्रहालय विश्वविद्यालय हो, यसको प्रचारप्रसार गर्न सरकार र नागरिकको दायित्व भित्र पर्छ ।’
उनले संग्रहालय भनेको संस्कृतिको राजधानी भएकाले लोपउन्मुख विभिन्न जातजातिको भाषाशैली जिवनशैली र लोपउन्मुख संस्कृति लगायत अन्य लोपउन्मुख वस्तुहरुको संरक्षणमा जोड दिए ।
प्रदेश संग्रहालयको प्रशासनिक भवन प्रदर्शनी केन्द्रसँगै जोदिदा कार्यालय व्यवस्थापनमा असहज भएपछि नयाँ दुईतले भवन निर्माण गरिएको प्रदेश संग्रहालयले जनाएको छ ।

गण्डकी प्रदेशको आर्थिक सहयोगमा १ करोड ८९ लाख ८६ हजार ६ सय २२ रुपैयाँको लागतमा स्लेट चन्द्रज्योति जेभीले प्रदेश संग्रहालयको प्रशासनिक भवन निर्माण गरेको हो । संग्रहालयको प्रशासनिक भवन निर्माण भएपछि पहिलेको कार्यालयलाई सूचना केन्द्रको रुपमा विस्तार गर्ने लक्ष्य संग्रहालयले लिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै २०४१ सालमा सर्वसाधारणका लागि खुल्ला गरिएको क्षेत्रीय संग्रहालयमा संघीयता कार्यान्वयनसँगै प्रदेश सरकारको सामित्वमा आएको छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

