बागलुङको नाटकीय जितसँगै मुख्यमन्त्री भलिबलको फाइनलमा
पाेखरा | फागुन २, २०७९
photo Reezan Magar
पोखरा: जिल्ला भलिबल संघ बागलुङले नाटकीय जित निकाल्दै गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल कपमा पुरुषतर्फ फाइनलको यात्रा तय गरेको छ ।
स्याङ्जाको वालिङमा जारी गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री भलिबल कपको पुरुषतर्फको पहिलो सेमिफाइनल खेलमा जिल्ला भलिबल संघ तनहुँलाई ३–२ को सेटमा पराजित गर्दै फाइलनमा स्थान पक्का गरेको हो ।
बागलुङले शुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पूनरागमन गर्दै नाटकीय जित निकालेको हो । पहिलो र दोस्रो सेट क्रमशः १८–२५ र २३–२५ ले गुमाएको बागलुङले तेस्रो सेट २५–१५, २५–१९ र पाचौं तथा निर्णायक सेट १७–१५ अङ्कले जित्दै मुख्यमन्त्री भलिबल कपको फाइनलमा प्रवेश गरेको हो ।
जिल्ला भलिबल संघ बागलुङले अब फाइनलमा जिल्ला भलिबल संघ पर्वत र नवलपुरबीच हुने विजेता टोलीसँग खेल्नेछ ।
्यस्तै महिला तर्फ भने जिल्ला भलिबल संघ म्याग्दी र पर्वत फाइनल प्रवेश गरेका छन् । जिल्ला भलिबल संघ म्याग्दीले स्याङ्जालाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने पर्वतले जिल्ला भलिबल संघ तनहुँलाई पराजित गर्दै फाइनलमा म्याग्दीसँगको भेट पक्का गरेको हो ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले जनही २० हजार र विधागततर्फ ५ जना खेलाडीले जनही १० हजारसहित प्रमाणपत्र मेडल पाउनेछन् ।
गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा स्याङ्जाको वालिङमा गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल फागुन १ गतेदेखि जारी छ ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

