बाटो भुलेपछि चाबी बोकेर लेकसाइडमा हिजोदेखि होटल खोज्दै पर्यटक !

पाेखरा | फागुन २, २०७९

बाटो भुलेपछि चाबी बोकेर लेकसाइडमा हिजोदेखि होटल खोज्दै पर्यटक !

सोमबार दिउँसो पोखराको लेकसाइड आइपुगेर होटलको रुममा रुकस्याक (झोला) राखेर तुरुन्तै बाहिर निस्केका एक फ्रेञ्च पर्यटकले अहिलेसम्म आफु बसेको होटल पत्ता लगाउन सकेका छैनन् । 

 

होटलबाट निस्केर नगद पैसाको जोहो गर्न उनी एटीएम खोज्न निस्किएका थिए । उनले एटीएमल त भेटे तर होटल फर्कने बाटो भुले । 

 

हिजो दिनभर उनको होटल खोजी गर्न स्थानीय श्वेता रानाभाटसँगै परिवार लागिपरे पनि साँझसम्म होटल ठम्याउन सकेनन् । होटल नभेटिएपछि पर्यटकले अर्काे होटलमा रुम लिएर बसे । 

 

पर्यटकले भनेका छन्, ‘केही हतार थियो, होटलमा फुत्त झोला फालेर म एटीएम खोज्न निस्के । हतारोले होटलको नाम पनि हेरिन ।’ होटलको रुट पत्ता लगाइहाल्ने विश्वास लिएर निस्किँदा दुख पाएको सुनाए । 

 

आजपनि होटल खोजी कार्य जारी छ । होटल पत्ता लगाउन सहयोग हुने विश्वासले उनको रुमको चाबी सोसियल मिडियामा पोष्ट्याइएको छ । 

 

‘पोखरा नोटिसबोर्ड’ नामक फेसबुक पेजमा उनको तस्बिर र चाबी राखिएको छ । 

 

समाचार तयार पार्दासम्म उनकाे हाेटल पत्ता लगाउन सकिएकाे छैन ।

 

उक्त चाबी कुन होटलको हो, कसैलाई थाहा भए फोन नम्बर ९८०४१०५६८८ मा सम्पर्क गरिदिन रानाभाटले अनुरोध गरेकी छिन् । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्