बिटी कपमा गन्नी एफसी च्याम्पियन

पाेखरा | फागुन १, २०७९

बिटी कपमा गन्नी एफसी च्याम्पियन

पोखरा:    बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ ।

 

पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुडिखेलमा आज (सोमबार) भएको फाइनल खेलमा लामागाउँ गुम्बा एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै गन्नी एफसी च्याम्पियन बनेको हो ।

 

च्याम्पियन बनेको गन्नीको जितमा अनिश तामाङले निर्णायक गोल गरे । 
 

 

पहिलोपटक उपाधि जितेको गन्नी एफसीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ६१ हजार १ सय ५१ रुपैया प्राप्त गर्याे । 

 

क्लबका अध्यक्ष असिम थापाका अनुसार उपविजेता बनेको लामागाउँ गुम्बा एफसीले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्याे ।

 

सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा गन्नी एफसीका अनिश तामाङ घोषित हुँदै ट्रफिसहित नगद रु ८ हजार प्राप्त गरे । 

 

यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा सोही टिमकै सन्देश गुरुङ, उत्कृष्ट मिडफिल्डरका रुपमा गन्नी एफसीकै लक्षु थापामगर, उत्कृष्ट डिफेण्डरका रुपमा लामागाउँका सरोज तितुङ तामाङ र सर्वाधिक गोलकर्ताका रुपमा सोही क्लबकै अनुज भण्डारीले ट्रफि र जनही ६/६ हजार नगद प्राप्त गरे । 

 

सो प्रतियोगिताबाट वी आर ब्रदर्श काठमाडौंको टोलीलाई अनुशासित टिम घोषित हुँदै शिल्डसहित नगद रु ९ हजार प्रदान गरेको खेल संयोजक विनोद गुरुङले जानकारी दिए । 

 

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रेशम जुग्जाली मगर, क्लबका निवर्तमान अध्यक्ष विजया गुरुङ, सल्लाहकार, राधा गुरुङ, क्लबका अध्यक्ष असिम थापा लगायतले पुरस्कार वितरण गरेका थिए । 

 

सो अवसरमा बोल्दै मन्त्री जुग्जालीमगरले पोखराको परिचय पर्यटन मात्रै नभएर खेलकुदको पनि अहम भूमिका रहेको धारणा राखे ।

 

उनले क्लबले रचनात्मक कार्य गर्दै आएको बताउदै आगामी दिनमासमेत निरत्तर काम गर्नुपर्नेमा जोड दिए ।  उनले आगामी वर्षको नीति तथा कार्यक्रममा पोखरा लगायत ११ वटै जिल्लाको खेल गतिविधिलाई पर्यटनसँग जोड्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

उनले खेलकुदलाई पर्यटनसँग जोड्न सकेको खण्डमा प्रदेशको अर्थतन्त्रमा टेवा पुग्ने धारणा राख्दै आफुले पहल गर्ने उल्लेख गरे । 

 

स्थानीय क्लबले खेलकुदको विकासमा योगदान गरेको भन्दै आगामी आफ्नो मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्नेसमेत बताएका थिए ।
 

काठमाडौं:  सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरुले सोध्नु...

थप पढ्नुहोस्

काठमाडौं:  मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्र...

थप पढ्नुहोस्

पोखरा:  इम्ब्रोेइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन(एगा) पोखराले नेपाली महिलाहरूको महान चाड हरितालिका तिजका अवसरमा एगा सम्बद्ध पर्यटन व्यवसायी महिलाहरूका लागि शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।  &nbs...

थप पढ्नुहोस्