रवि र तेलिनाको कप्तानीमा बागलुङको भलिबल टोली घोषणा

बाग्लुङ | माघ २९, २०७९

रवि र तेलिनाको कप्तानीमा बागलुङको भलिबल टोली घोषणा

बागलुङ:   स्याङ्जाको वालिङमा हुने मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउन जिल्ला भलिबल संघ बागलुङले टोली घोषणा गरेको छ । 


फागुन १ देखि ३ गतेसम्म स्याङ्जाको वालिङमा आयोजना हुने  मुख्यमन्त्री कपमा पुरुष तर्फ यू–२३ राष्ट्रिय टोलीका सदस्य रवि केसी र महिला तर्फ तेलिना छन्त्यालको कप्तानीमा टोली घोषणा गरेका संघका उपाध्यक्ष किशोर छन्त्यालले जानकारी दिए । 


पुरुषतर्फ रवि केसीको कप्तानीमा प्रकाश सुनार, प्रविण विक, राजकुमार प्रटेल, ईन्द्र विक, नकुल शाही, कुश्मन थापा, नविन क्षेत्री, मिन सुनार, छम कुवर र कुन्जन शाही छनोट भएका हुन् । पुरुषतर्फको कोचमा कृष्ण शेरचन र व्यवस्थापकमा दिपक मल्ल रहेका छन् । 


महिलातर्फ तेलिना छन्त्यालको कप्तानीमा यशोदा पुन, माया पुन, रिता काउचा, चन्द्रीका रोका, अपेक्षा काउचा, शमिक्षा श्रीस, शुशीला घर्ति, रोजि राना, सुस्मीता सिपार्ली, आंशिका क्षेत्री र हिमाली रोका छनोट भएका हुन् । महिलातर्फ टिम कोचमा किशोर थापा र व्यवस्थापकमा प्रकाश थापा रहेका छन् । 


मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा सहभागिता जनाउन गलकोटमा सम्पन्न भएको मेयरकप भलिबल प्रतियोगितामा सहभागि भएका पालिकाबाट खेलाडी छनोट गरेको जिल्ला भलिबल संघ बागलुङले जनाएको छ । 

 


 

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्