पोखरा ९ का दलित महिलालाई साबुन बनाउने तालिम

पाेखरा | माघ २८, २०७९

पोखरा ९ का दलित महिलालाई साबुन बनाउने तालिम

पोखरा:   वडा स्तरिय दलित संजाल पोखरा ९ ले आफ्नो वडामा रहेका दलित महिलाहरुलाई साबुन बनाउने तालिम दिएको छ ।


तालिमको समापन गर्दै कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य गीता चम्रकारले तालिममा सिकेको सिपले महिला दिदीबहिनीहरु स्वरोजगार वन्नु पर्ने बताएकी थिइन् ।


कार्यक्रममा पोखरा महानगर न्यायिक समिति सदस्य तथा वडा सदस्य भावना श्रेष्ठ, वडा सदस्य लक्ष्मी पहारी, निवर्तमान वडा सदस्य राममाया मानन्धर लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्दै सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।


१० दिनसम्म संचालन रहेको तालिममा २३ जनाको सहभागिता रहेको थियो भने पोखरा औद्योगिक क्षेत्रमा रहेको गण्डकी साबुन उद्योगका संचालक हरि विश्वकर्माले प्रशिक्षण दिएका थिए ।


तालिममा कपडा र भाडा माझ्ने साबुन, फिनेल, हर्पिक वनाउने तालिम दिईएको थियो । प्रशिक्षार्थीहरु सिम्रन सुनाम र एलिना परियारले तालिमबाट धेरै कुरा सिकेको बताउँदै आफुहरुले मिलेर साबुन उद्योग संचालन गर्ने विषयमा छलफल गर्ने बताएका थिए ।


संजालका अध्यक्ष रामबहादुर वयलकोटीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य जानकी परियार र संचालन सचिव सपना विकले गरेकी थिइन । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्