पोखराका आशिषले काठमण्डौं बसेर अमेरिका निवासी नेपालीलाई ठगे
पाेखरा | माघ २७, २०७९
सांकेतिक तस्बिर
पोखराः अपराध जगत्मा पछिल्लो माध्यम बनेको छ इन्टरनेट । यही इन्टरनेटको सहाराले पोखराका आशिष परियारले अमेरिकामा रहेका नेपालीको नगद कुम्ल्याए ।
परियारले अमेरिकामा रहेका एक नेपालीको फेसबुक प्रोफाइल ह्याक गरी नेपालस्थित उनको साथीलाई समस्या परेको भन्दै केही पैसा तुरुन्त पठाइदिन आग्रह गरे । म्यासेजमा बैंक खातासमेत उल्लेख गरिएको थियो ।
म्यासेज प्राप्त भएपछि उनले तुरुन्तै मोबाइल बैंकिङमार्फत ५० हजार रुपैयाँ पठाइदिए । पैसा पठाएको २ दिनसम्म पनि अमेरिकामा रहेका साथी सम्पर्कमा नआएपछि बुझ्ने क्रममा उनका साथीमार्फत सामाजिक सञ्जाल ह्याक भएको सूचना पाए ।
सूचना पाएलगत्तै पीडितले साइबर ब्यूरोमा गत ११ गते निवेदन दिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।
निवेदन पाएपछि ब्यूरोको टोलीले अनुसन्धान अघि बढाई २६ गते परियारलाई पक्राउ गरेको छ । पोखरा लामाचौर स्थायी ठेगाना भएका २३ वर्षे परियारलाई काठमाण्डौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रायले बताए ।
‘हामीले बल्ल गहन अनुसन्धान सुरु गरेका छौं’ राय भन्छन् ‘पोखरा घर भएपनि उनी राजधानी बस्दै आएको थाहा भएको छ, अहिले सबै जानकारी दिन असमर्थ छौं ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

