सुदूरपश्चिममा एकीकृत समाजवादी सरकारमा जाने

काठमाडाैं | माघ २७, २०७९

सुदूरपश्चिममा एकीकृत समाजवादी सरकारमा जाने

काठमाडौँ:  नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको सरकारमा सहभागी हुने भएको छ ।

 

एमाले नेतृत्वको सरकार ढलेपछि सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा बिहीबार नियुक्त भएका थिए । आज मुख्यमन्त्री शाहले शपथ लिँदैछन् । मुख्यमन्त्री शाहले शपथ लिएलगत्तै कांग्रेसका एक र एकीकृत समाजवादीका एक मन्त्रीले शपथ लिने कार्यक्रम रहेको समाजवादीका नेता दीर्घ सोडारीले जानकारी दिए । 

 

‘हाम्रो पार्टी सरकारमा जान्छ, व्यक्ति को भन्ने तय भैसकेको छैन’, सोडारीले  भने । यसैबीच मुख्यमन्त्री शाहले साढे ३ बजे शपथ लिने भने पनि आधा घण्टा पर सरेको छ । चार बजेमात्रै मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ । ५३ सदस्यीय प्रदेश सभामा एकीकृत समाजवादीका ४ सांसद छन् ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्