साफ यू-२० को उपविजेता नेपाली टिम स्वदेश फिर्ता
काठमाडाैं | माघ २७, २०७९
काठमाडौं : साफ यू-२० महिला च्याम्पियनसिपको उपविजेता नेपाली टिम स्वदेश फर्किएको छ। टिम विमान बंगलादेशबाट बिहीबार नेपाल आइपुगेको हो|
बिहीबार भएको फाइनलमा बंगलादेशसँग ३-० गोलको नतिजामा पराजित भएपछि आज स्वदेश फर्किएको हो। बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा शाहिदा अख्तर रिपा,शामसुनाहार जुनियर र उन्नती खातुनले एक-एक गोल गर्दै घरेलु टिमलाई च्याम्पियन बनाएका थिए।
शाहिदाले ४२औं मिनेटमा गरेको गोलसँगै बंगालदेशले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा शामसुनाहारले गरेको गोलसँगै पहिलो हाफमा २-० ले अगाडि रहेको बंगलादेशले दोस्रो हाफमा एक गोल थप्यो।
निर्धारित ९० मिनेटको खेल सकिन तीन मिनेट बाँकी रहँदा उन्नतीले गरेको गोलसँगै बंगलादेशले ३-० को सहज जित सुनिश्चित गर्यो । राउन्ड रोबिन पद्धतिमा सम्पन्न प्रतियोगिताको लिग चरणबाट शीर्ष दुई टिम नेपाल र बंगलादेशले फाइनल यात्रा तय गरेका थिए।
लिग चरणमा पनि बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले फाइनलमा त्यसको बदला लिन सकेन। नेपाल र बंगलादेशसँगै च्याम्पियनसिपमा भुटान र भारत पनि सहभागी थिए।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

