बिटी कपमा प्रिक्वाटर जारी
पाेखरा | माघ २६, २०७९
पोखरा: पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइलका ७ खेल भएका छन् ।
खेल संयोजक विनोद गुरुङका अनुसार पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आज (बिहीबार) भएको पहिलो खेलमा एलजी एसोसियशनले एनएम एफसीलाई १–० गोल अन्तरले पराजित गर्याे । एलजीको जितमा आशिष गुरुङले निर्णायक गोल गरे ।
यस्तै लालीगुँरास धम्पुष र कमलपोखरीबीच भएको दोस्रो खेलको निर्धारित समय गोलरहित भएपछि ट्राइबेकरमा कमलपोखरीले ४–३ गोलअन्तरले जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्याे ।
तेस्रो खेलमा सत्य युवा क्लब बाझापाटनले लयर्स गयाङलाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्याे । बाझापाटनको जितमा समिप रानाले ह्याट्रिक गरे भने समिर गुरुङले २ र दिपेश गुरुङले १ गोलको योगदान दिए ।
चौथो खेलमा गार्डेन एफसीमाथी मारानथा चर्च कस्केरीले २–० गोल अन्तरले जित निकाल्यो । कस्केरीको जितमा नविन तामाङ र सौरभ छन्त्यालले समान १/१ गोल गरे ।
यस्तै पाँचौ खेलमा आयोजक बिटी ब्ल्याकलाई हरिचोक युनाइटेडले १–० गोल अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा स्थान बनायो ।
हरिचोक युनाइटेडको जितमा अमन साईले निर्णायक गोल गरे ।
छैटौ खेलमा नयाँगाउँ ब्रदर्श युनाइटेडलाई एफ फाइभ मालेपाटनले १–० गोलले हरायो । एफ फाइभको जितमा रविन्द्र गुरुङले गोल गरे ।
आज भएको अन्तिम खेलमा जि नाइन युनाइटेडलाई वी आर ब्रदर्श काठमाडौंले २–० गोल अन्तरले पराजित गर्याे । ब्रदर्शको जितमा सञ्जिव मगरले २ गोलको योगदान दिएका थिए ।
खेल संयोजक गुरुङका अनुसार शुक्रबार प्रिक्वाटरफाइनलको समिकरण पुरा हुनेछन् ।
पोखरा महानगरपालिका १ स्थित पुरानोटुडिखेल बगरमा जारी सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल आगामी फागुन १ गते हुने आयोजकले जनाएको छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

