महिला भलिबलको उपाधि न्यु डायमण्डलाई
काठमाडाैं | माघ २४, २०७९
काठमाडौं: छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा मंगलबार भएको फाइनल खेलमा होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले नेपाल एपिएफ क्लबलाई ३–२ को सेटमा गर्दै पराजित गर्दै उपाधि जितेको हो ।
प्रतिस्पर्धात्मक फाइनल खेलमा होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले विभागीय नेपाल एपिएफ क्लबलाई पराजित गर्दै पहिलो पटक छैटो केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको हो ।
होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले २८–२६, १९–२५, २५–२२, २४–२६ र निर्णायक तथा पाचौँ सेट १५–९ ले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै उपाधि जितेको हो ।

यस्तै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब तेस्रो भएको छ ।
उपाधि जितेको होङ्गान्जी न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले ३ लाख रुपैयाँ र शिल्ड प्राप्त गरेको छ । उपविजेता नेपाल एपिएफले १ लाख ५० हजार र तेस्रो भएको नेपाल पुलिस क्लबले ७५ हजार पुरस्कार पाएका छन् ।
चितवन: जेन जी आन्दोलनको नाममा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेको घरमा तोडफोड तथा आगजनी गरेको आरोपमा थप चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी...
पोखरा: रूपा वाङ्मय प्रतिष्ठान र गीतकार प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा जारी कास्की आइडलको पहिलो एलिमिनेसन राउन्ड सम्पन्न भएको छ । कार्यक्रम रूपा वाङ्मय प्रतिष्ठानका अध्यक्ष त...
पोखरा: टुबोर्गको मुख्य प्रायोजनमा आयोजित चौथों सिमपानी साँझबाट करिब ७ लाख संकलन भएको छ । शुभ दिपावलीको अवसरमा त्रिशक्ति समाज सेवा क्लबले आयोजना गरेको देउसी भैलो तथा सांस्कृतिक कार्...

