करिब ७.८ म्याग्निच्युडका तीनवटा भूकम्प, १३ सय बढीकाे मृत्यु

काठमाडाैं | माघ २३, २०७९

करिब ७.८ म्याग्निच्युडका तीनवटा भूकम्प, १३ सय बढीकाे मृत्यु

बेरुत: टर्की र सिरियाको सिमानामा केन्द्रबिन्दु भएर अहिलेसम्म सात रेक्टर स्केलभन्दा बढी तीनवटा भूकम्पले सो क्षेत्रको जनजीवन प्रभावित बनाएको छ ।

 

चार रेक्टर स्केलभन्दा बढी मापन गरिएका भूकम्प करिब पाँच दर्जन गइसकेका छन् । पराकम्पनकै बीचमा ७.८ र ७.५ रेक्टर स्केलका भूकम्पहरू गइसकेका छन् ।

 

अहिलेसम्म सो क्षेत्रमा निरन्तर गइरहेको भूकम्पका कारण मृत्यु हुनेकाे १३ सयभन्दा बढी पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलाे भूकम्प हो ।

 

भूकम्पविद्का अनुसार सो क्षेत्रमा केही दिनसम्म पराकम्पन व नयाँ भूकम्पहरू जाने सम्भावना रहेको छ ।

 

 

अमेरिकी भौगर्भिक सर्भेकाअनुसार स्थानीय समय सोमबार बिहान ४ : १७ बजे टर्की अधीनस्थ दक्षिणपूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु भएर सुरु भएको भूकम्पको ७.८ म्याग्निच्युडको रहेको थियो । 

 

३७ लाख सिरियाली शरणार्थीहरू बसोबास गरिररहेकाे सो स्थानको नजिकै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । यो  विश्वको सबैभन्दा ठूलाे शरणार्थी शिविर हो । भूकम्पमा परी १७ सय भवनहरू भत्किएका छन् ।

 

युनिभर्सिटी कलेज अफ लण्डनका स्टेफेन हिक्कका अनुसार अहिलेसम्म दर्जनौँ भूकम्पका पराकम्पन गइसकेका छन् । मुख्य भूकम्प गएको दश मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्पन गएको थियो । 

 

भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा गरी ५६० भन्दा बढीको मृत्यु भएका छन् । टर्कीमा मात्रै ९१२ जनाको ज्यान गएको छ ।

 

 

भूकम्पको धक्का लेबनान, साइप्रसमा पनि महसुस गरिएको थियो । भूकम्पका कारण सम्भावित सुनामीको मध्यनजर गरी इटालीमा जोखिम न्यूनीकरणे व्यवस्थापन गरिएको बीबीसीले उल्लेख गरेको छ । 

 

८० वर्ष अघि टर्कीमा सन् १९३९ मा ७.८ म्याग्निच्युडको भूकम्प जाँदा ३० हजार सर्वसाधारणको मृत्यु भएको थियो । यस्तै, २०२० जनवरीमा ६.७ म्याग्निच्युडकोकाे भूकम्प जाँदा ४१ जनाको ज्यान गएको थियो । –उपेश महर्जन

(बीबीसी, अलजजिरा) को सहयोगमा ।

काभ्रेपलाञ्चोक:   बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको ज...

थप पढ्नुहोस्

सर्लाही:   सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहर...

थप पढ्नुहोस्

पोखरा:   अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्ट...

थप पढ्नुहोस्