एकै दिन २ हजारले घट्यो सुनको मूल्य
काठमाडाैं | माघ २२, २०७९
काठमाडौँ: नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यतोक्दै गत साताको शुक्रबारको तुलनामा ह्वात्तै घटेको जानकारी दिएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मुल्य तोलामा १ लाख ६हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ हजार ६०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको जानकारी दिएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १३ सय २० रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार यसको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कायम थियो ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

