सुनको मूल्यमा प्रतितोला २ सयको वृद्वि

काठमाडाैं | माघ १५, २०७९

सुनको मूल्यमा प्रतितोला २ सयको वृद्वि

काठमाडौं:  आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला सुनको मूल्य १ लाख ६ हजार रुपैयाँ रहेको छ ।


शुक्रबार प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य भने आइतबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।


आज चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ । यो शुक्रबारको तुलनामा १५ रुपैयाँ कम हो । शुक्रबार चाँदीको मूल्य १३ सय ८० रुपैयाँ प्रतितोला थियो ।

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्

गोरखा:   मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा दुर्घटना भएको छ ।   बागमती  प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा भारतीय नागरिक सवार ...

थप पढ्नुहोस्

पोखराका पूर्व नगर प्रमुख कृष्ण थापाको निधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते आइतबार महानगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ।   पोखरा महानगरपालिकाले शुक्रबार सा...

थप पढ्नुहोस्