टाइगर कप भलिबलः पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफ च्याम्पियन

पाेखरा | माघ १४, २०७९

टाइगर कप भलिबलः पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफ च्याम्पियन

पोखराः   पोखरामा सम्पन्न भएको तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुष तर्फ गण्डकी प्रदेश च्याम्पियन भएको छ ।  


पोखरा रंगशाला भएको फाइनल खेलमा एपिएफ क्लबलाई पराजित गर्दै गण्डकी च्याम्पियन भएको हो । 


पहिलो सेट १६–२५ ले गुमाएको गण्डकीले उत्कृष्ट पूनरागमन गर्दै विजयी भएको हो । दोस्रो सेट २५–१८, २५–१९ले गण्डकी जितेको थियो भने चौथो सेट भने एपिएफले २२–२२ बराबरी पछि उत्कृष्ट खेल प्रद्धर्शन गर्दा २६–२८ले सेट गुमाउँदा खेल पाचौं सेटमा धकेलिएको थियो । 

 

निर्णायक तथा पाचौ सेटमा भने  गण्डकीले १५–८ ले एपिएफलाई  पराजित गर्दै तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको च्याम्पियन भएको हो । पहिलो संस्करणमा गण्डकी प्रदेशले आर्मीलाई पराजित गर्दै च्याम्पियन भएको थियो । 

महिलातर्फ भने त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले लगातार दोस्रो पटक च्याम्पियन बनेको छ । 


एपिएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थिए । दुवै टोलीको २०/२० अङ्कको अवस्थामा लगातार ५ अङ्क जोड्दै पहिलो सेट एपिएफले आफ्नो पक्षमा पारेको थियो । 


दोस्रो सेट भने एपिएफले २२–२५ ले गुमाएको थियो । तेस्रो सेटमा उत्कृष्ट पूनरागमन गर्दै एपिएफले २५–८ को सहज सेट जित्दा चौथो सेट २५ –२२ ले जित्दै च्याम्पियन बनेको हो । 


महिला तर्फ च्याम्पियन भएको एपिएफले ५लाख, दोस्रो भएको आर्मीले २ लाख ५० हजार, तेस्रो भएको होङ्गवान्जी  न्यू डायमण्ड स्पोर्टस क्लबले १ लाख २५ हजार र सान्त्वना भएको गण्डकी प्रदेशले ६५ हजार पुरस्कार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । 


पुरुष तर्फ तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३– १ को सेटमा पराजित गर्दै पुलिस तेस्रो हुन सफल भएको हो । पुरुष तर्फ तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख २५ हजार सान्त्वना भएको त्रिभुवन आर्मी क्लबले ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । 


महिला/पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्