चेम्बर अफ कमर्सले गण्डकीमा ‘आइडिया बैंक’ स्थापना गर्ने
पाेखरा | माघ १४, २०७९

पोखराः चेम्बर अफ कमर्स गण्डकीले प्रदेशमा ‘आइडिया बैंक’ स्थापना गर्ने निर्णय गरेको छ ।
चेम्बर अफ कमर्स गण्डकी प्रदेशको आठौं कार्यसमिति बैठकले ‘सोचबाट उद्यमशिलता’ भन्ने प्रमुख लक्ष्यसहित गण्डकीमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको चेम्बर गण्डकीका अध्यक्ष किसान सुनारले जानकारी दिए ।
‘गण्डकी प्रदेश भित्र स्थापना भएका उद्योगी, व्यवसायीहरुलाई थप व्यवस्थित र वस्तु तथा सेवाको व्यवसायिक प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य हो, सुनारले भने, ‘आइडिया बैंक स्थापना भएसँगै नया उद्यम गर्न चाहने र विदेशबाट ज्ञान सीप सिकेर पूँजी लिएर आएका उद्यमीहरुलाई विशेष सहयोग पुग्छ ।’
देशमा भएका बेरोजगार युवालाई स्वरोजगार सृजना गर्न चेम्बरले तीन तहको सरकारसँग सहकार्य गर्न आइडिया बैंकले सहयोग गर्ने बताए ।
‘पछिल्लो समय देशमा बेरोजगार प्रमुख समस्या बनेको छ, तीनै तहको सरकारसँग समन्वय गर्दै दातृनिकायसँग साझेदारी गर्दै विउ पूँजी उपलब्ध गराई बेरोजगारीलाई स्वरोजगार सृजना गर्न सक्छौं ।’ उनले भने ।
चेम्बर अफ कमर्स गण्डकीको आठौं बैठकलले गण्डकी प्रदेशमा फ्रि हटलाईन नम्वर हेल्लो चेम्बर हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेश भित्ररहेका उद्योगी, व्यवसायीहरुको हक हित,समस्या पहिचान र निराकन गर्नका लागि व्यवसायीक प्रवद्र्धन गर्न सरकार र निजी क्षेत्रबीच पुलको काम गरी सरकरलाई व्यवसायी मैत्रि नीति निर्माण गर्न लगानी मैत्री वातावरण तयार गर्न नीतिगत सुझावका लागि हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको हो ।
यस्तै चेम्बर गण्डकीले एक पालिका एक उत्पादन र उत्पादित वस्तुको बजारिकण गर्ने निर्णय समेत गरेको छ । सिप सिकेर स्वदेशमा नै कृषि व्यवसाय गर्न चाहाने तथा कृषि पेशामा सिप सिकेर विदेश जान इच्छुक व्यक्तिलाई आवश्यक तालिम प्रदान र विदेशबाट फर्र्किएका युवाहरुलाई कृषि तालिम दिएर कृषिमा आवद्धता गर्ने निर्णय समेत गरेको छ ।
चेम्बर अफ कमर्स गण्डकीको वार्षिक साधारण सभा चैत ११ गते पोखरामा गर्ने निर्णय समेत भएको अध्यक्ष सुनारले जानकारी दिए । बैठकमा जिल्ला चेम्बरको प्रगति प्रतिवेदन, एसोसिएट र वस्तुगत संघ दर्ता सम्बन्धमा लगायतका विषयमा छलफल भएको थियो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...