नेपाल टी २० क्रिकेट म्याच फिक्सिङमा १० जनाको संग्लनता
काठमाडाैं | माघ १०, २०७९
काठमाडौं: नेपाल टी २० क्रिकेटमा म्याच फिक्सिङ भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार पत्रकार सम्मेलन गर्दै टी २० क्रिकेटको म्याच फिक्सिङमा १० जनाको संलग्ना रहेको जनाएको छ।
अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले म्याच फिसिक्सङमा संलग्न १० जनाको नाम खुलाएको छैन। काठमाडौं नाइट्स, विराटनगर सुपर किंस्स, जनकपुर रोयल्स र फारवेष्ट युनाइटेडका व्यवस्थापकै संलग्नतामा म्याच फिक्सिङ भएको प्रहरी अनुसन्धानले देखाएको छ।
म्याच फिक्सिङमा विदेशी खेलाडीको समेत संलग्नता देखिएको छ। ब्यूरोले फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वक्रिकेटर महबुब आलम र अहिलेका क्रिकेटर आदिम आलमलाई सोमबार पक्राउ गरेको थियो। उनीहरूको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
ब्युरोले आदिललाई राजविराज र महबुबलाई विराटनगरबाट पक्राउ गरेको थियो।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

